Latest Updates :

अमेरिकामा नेपाली विद्यार्थीले पढने कलेज गोली चल्यो, दुईको मृत्यु

SHARE THIS POST :
टेक्ससको ड्यालसस्थित नर्थलेक कलेजमा बुधबार गोली चलेको छ । त्यसक्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अर्बिंगमा रहेको सो कलेजमा झण्डै एकहजार पाँचसय नेपाली विद्यार्थी अध्ययन गर्छन् ।

कक्षा चलिरहेको समयमा आएका एक श्वेत वर्णका युवकले गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीले व्यापक खोजविनपछि गोली हान्ने युवक र अर्का एकलाई मृत अवस्थामा फेला पारेको छ । ती युवकले गोली हानेर आफूले आत्महत्या गरेको अनुमान गरिएको छ ।

सामुदायिक कलेजमा घटना भएपछि बुधबारका सबै कक्षा बन्द गरिएको कलेज प्रशासनले जनाएको छ । सो कलेजमा अध्ययनरत सबै नेपाली बिद्यार्थी सुरक्षित रहेको बताइएको छ । एजेन्सी

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger