Latest Updates :

अभिनेत्री सुष्मा कार्की पारस शाहसँग ल्याप्प हुन पुगेपछि

SHARE THIS POST :

अभिनेत्री सुष्मा कार्की पछिल्लो समय सिनेमामा क्षेत्रमा निस्क्रिय छिन् । उनी आफू ‘नयाँ फिल्ममा काम गरिरहेको’ दावी गरे पनि कुन फिल्ममा कस्तो भुमिका भन्ने बारे ‘अहिले केही भन्न नचाहेको’ बताउँछिन् ।

फिल्म ‘लूट’ मा ‘आइटम डान्स’ गरेपछि कार्कीलाई थुप्रै फिल्मको ‘अफर’ आउने अपेक्षा गरिएको थियो । तर बिपरित त्यसपछिका दिनमा कार्कीलाई अफर आउने क्रम झनै पातलो हुँदैआयो ।

यद्यपी कार्की भने आफू फिल्म क्षेत्रमा सक्रिय रहेको दावी गर्दैआएकी छिन् । केही साताअघि मात्रै काठमाडौं र बाहिरका मन्दिर भ्रमण गरिन् उनले । त्यहाँ जाँदा पनि फिल्मको कामको शिलशिलामा गएको भन्दै ‘प्रचार’ गरिन् । तर ति सबै लगभग चर्चा कमाउने उपाय मात्रै थिए ।

पछिल्लो समय कार्कीले बालबालिकालाई सहायता गरेको भन्दै समाजसेवामा सक्रिय रहेको दावी पनि गरिन् । केही दिन अगाडी नेपालको एक अनलाइन पत्रिकालार्इ दिएको अन्तरवार्तामा कार्कीले समाजसेवामा सक्रिय रहे पनि सबै कुरा खुलाउन नचाएको बताएकी थिइन् ।

कार्की फिल्म नपाए पनि अनेक फन्डाकै कारण आफ्नो चर्चा चाहन्छिन् भन्ने कुरा नयाँ होइन । फेसबुकमा उनी केही नयाँ किसिमका तस्विर पोस्ट गरेरै चर्चा भएको हेर्न रुचाउँछिन् । कहिले प्रेमीको नाम लेखिएको शरिरको ट्याटू त कहिले ‘प्रेममा डुबेको’ भन्दै आत्मप्रचारमा रमाउने उनको अनौठो तरिका पुरानै हो ।

यही चर्चा कमाउने आशय सहित कार्कीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व युवराज पारस शाहको साथमा खिचिएका सेल्फी फेसबुकमा पोस्ट गरेरै चर्चा कमाइने काइदा रोजिन् । हालै मात्र उनले पूर्व युवराज पारस शाहसँग लिइएको सेल्फी राखिन् । यसको केही अघि नै उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको फोटो पनि पोस्ट गरेकी थिइन् ।

कार्कीका मावली ‘राणा परिवार’ भएकै कारण पनि उनी राज परिवारसँग निकट मानिन्छिन् । विभिन्न पार्टी र अन्य औपचारिक कार्यक्रममा भेट भयो की ‘राजपरिवार’ का सदस्यसँग सेल्फी खिचिहाल्छिन् । र फेसबुकमा राख्छिन् ।

राजपरिवारसँग नाता–सम्बन्ध भए पनि पारससँग ‘गाला जोडेर’ खिचिएका सेल्फीले पक्कै कार्कीको जीवनमा असर नपारे पनि पारसको पारिवारिक जीवनमा अप्ठ्यारो पर्नसक्छ । आखिर फिल्ममा निस्क्रिय हुँदा के भयो र, जसरी पनि चर्चा भएकै छ !

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger