Latest Updates :
LATEST UPDATES

हेर्नुहोस आजको रसिफल >>>>> वि.सं. २०७४ साल वैशाख २६ गते। मंगलबार। इश्वी सन् २०१७ मे ९ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिए पनि दाम्पत्यमा खटपटी आउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काममा फाइदा भए पनि ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। अधिकारका लागि जुट्नुपर्ला। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। मिहिनेतले काम सफल बनाउन सकिनेछ। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट मनग्गे लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। बलभन्दा बुद्धिको उपयोग लाभदायक रहनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यावसायिक काममा कम मात्र फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मनग्गे दाम र प्रतिष्ठा कमाउने बेला छ। ईर्ष्या गर्नेहरूले आफ्ना सामानमा दाबी गर्न सक्छन्। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। स्वादिष्ट खानपानको आनन्द पाइनेछ। तर, टाढिएका आफन्तको यादले पिरोल्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तापनि श्रमको उपलब्धि हात पार्न सकिनेछ। अरूको मन जित्ने प्रयास गर्नुहोला, पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। विशेष जिम्मेवारी हात पार्ने मौका छ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। (नेपाली पात्रो)

१८ दिनकी अक्षिताले निर्वाह गरेकी थिइन, बाहुबलीको बच्चाको भूमिका

प्रकाशित मिति: May 8, 2017
मुम्बई। चर्चित फिल्म बाहुबली–२ ले प्रदशर्नन भएको नौ दिनभित्र एक हजार करोड आम्दानी गरेको छ। बाहुबली–२ भारतको पहिलो यस्तो फिल्म हो, जसले प्रदर्शनमा आएको छोटो समयभित्र यति धेरै आम्दान गरेको होस्।

यसैबीच बाहुबलीः द बिगनिङ (२०१५) मा बाहुबलीको बच्चाको भूमिका १८ दिनकी एक बच्चीले निर्वाह गरेकी थिइन्। जसको नाम अक्षिता हो। अक्षिता निलिश्वरम केरलकी बासिन्दा हुन्। उनका आमा बुवाको नाम स्मिता र वाल्सन हो। अक्षिताका बुवा बाहुबली फिल्मको पहिलो भागका निर्मातामध्येका एक थिए। सोह कारण आफ्नी १८ दिनकी छोरी अक्षितालाई बाहुबलीको बच्चाको भूमिका निर्वाह गर्ने मौका दिएका थिए।


निर्देशक एसएस राजामौलीको फिल्म बाहुबलीः द बिगिनिङ र बाहुबली ः द कन्क्लुजन दुवैको निर्माणका क्रममा कयौं नयाँ कुरा जानकारी पाउन सकिन्छ। बाहुबलीः द बिगिनिङ (२०१५) फिल्म सुरु हुने वित्तिकै रानी शिवगामिनी (राम्या कृष्णन) एक बच्चालाई काखमा लिएर दुश्मनबाट बच्न सफल हुन्छिन्।

दुश्मनलाई प्रहार गर्दै अगाडि बढ्ने क्रममा आफू भने पानीमा खस्न पुग्छिन्। उनको काखमा एक बच्चा हुन्छ, जुन ठूलो भएर बाहुबली (प्रभास) बन्छ। रानी पानीमा डुबेपनि बच्चालाई भने हातमा लिएर बचाउन सफल हुन्छिन्। त्यही बच्चा अक्षिता हुन्। जो फिल्मको सुटिङको समयमा मात्र १८ दिनकी थिइन्। अक्षिता अहिले डेढ वर्षकी भइसकेकी छन्।

यी हुन् जिउँदा भूत, यिनले छोए तुरुन्त मृत्यु हुने मानिन्छ

प्रकाशित मिति: May 8, 2017

एजेन्सी। पश्चिम अफ्रिकाको देश बेनिनमा इगुनगुन नामक एक समुदाय छ जसलाई जिउँदा भूत भनिन्छ। यिनले छोएमा छुने व्यक्ति र इगुनगुन दुवैको तत्काल मृत्यु हुने मान्यता छ। अफ्रिकी कालो जादूको सुरुवात पनि बेनिनबाटै भएको थियो। इगुनगुन लबेदा ओढेर थुप्रै रंगीबिरंगी कपडा लगाउँछन्।

यिनीहरु आफ्नो अनुहार ढाकिराख्छन् ताकि उनीहरुको पहिचान गोप्य रहोस्। इगुनगुनले गाउँमा कुनै विवाद भयो भने फैसला सुनाउने काम गर्छन्। यिनीहरुमा मृत पूर्वज आएर फैसला सुनाउने विश्वास गरिन्छ। त्यसैले इगुनगुनको फैसलालाई अन्तिम र ईश्वरको बचन मानिन्छ। यिनीहरुसँग केही सहयोगीहरु पनि हिँड्छन् जसले इगुनगुन र अन्य व्यक्तिहरुको बीचमा निश्चित दूरी कायम राख्छन् ताकि कसैले इगुनगुनलाई छुन नसकोस्। यी सहयोगी पनि इगुनगुनकै समुदायका हुन्छन्।


बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

प्रकाशित मिति: May 8, 2017
के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा:

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ

- See more at:

यो महंगीमा हामीलाई सम्झनुस्, रेष्टुरेण्टको भन्दा राम्रो खाना ६० रुपैयाँमै खुवाइदिन्छौ !”

प्रकाशित मिति: May 8, 2017

काठमाण्डौं यसबेला चरम मंहगीले ग्रस्त शहर हो । सार्वजनिक स्थानका चाहे पसल हुन् वा होटल ती सबैमा चरम महंगी देख्न सकिन्छ । सर्वसाधारणले किनमेल गर्ने उपभोग्य वस्तुदेखि होटलको सामान्य खानासमेत पछिल्लो समय निकै महंगो हुँदै गएको छ । यही चरम महंगीको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला केही युवाहरुले एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् ।

काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा आई सिंहबहादुर मोक्तान लगायतका युवाहरुले यसबेला होटलमा खाना र खाजा खाने शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सर्वसाधारणहरुलाई निकै राहात हुने किसिमले एउटा अभियानको सुरुवात गरेका छन् ।


काठमाण्डौं यसबेला चरम मंहगीले ग्रस्त शहर हो । सार्वजनिक स्थानका चाहे पसल हुन् वा होटल ती सबैमा चरम महंगी देख्न सकिन्छ । सर्वसाधारणले किनमेल गर्ने उपभोग्य वस्तुदेखि होटलको सामान्य खानासमेत पछिल्लो समय निकै महंगो हुँदै गएको छ । यही चरम महंगीको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला केही युवाहरुले एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् । काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा आई सिंहबहादुर मोक्तान लगायतका युवाहरुले यसबेला होटलमा खाना र खाजा खाने शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सर्वसाधारणहरुलाई निकै राहात हुने किसिमले एउटा अभियानको सुरुवात गरेका छन् ।

मकवानपुरबाट केही वर्षअघि काठमाण्डौ छिरेका मोक्तानको नेतृत्वमा कविन्द्र नापित, सन्तोष रञ्जितकार, मानप्रसाद भट्ट, राज श्रेष्ठ, शुसिला लामा लगायतका युवाहरु काठमाण्डौ सिंहदरबारभित्रको अर्थमन्त्रालयका कर्मचारीदेखि उपत्यकाका चार ठाउँका शिक्षक, विद्यार्थी र सर्वसाधारणहरुलाई तारे होटलको स्तरमा तर निकै सस्तो मुल्यमा खाना र खाजा खुवाइने होटल (क्यान्टिन)अभियानको सुरुवात गरेका छन् । करिब ४ वर्षअघिदेखि सुरु गरिएको यो अभियानले यसबेला चरम महंगीको मारमा परेका शिक्षक, विद्यार्थी र सर्वसाधारणहरुलाई निकै राहात दिइरहेको छ ।

विदेश जाने सपनालाई त्यागेर स्वदेशमै केही गर्ने उद्देश्यका साथ खटिरहेका उनीहरुको क्यान्टिनमा एउटा खानाको ७० रुपैयाँ पर्ने गर्छ तर खाना भने रेष्टुरेन्टको स्तरभन्दा माथिको हुन्छ । उनै उद्यमीहरुमध्ये सिंहबहादुर मोक्तानसँग सुर्यखबर डट् कम्का प्रतिनिधिले कुराकानी गरेका छन् । प्रस्तुत छ मोक्तानसँगको गरिएको कुराकानीको सम्पादित अंश

–सत्तरी रुपैयाँमा खाना खुवाउँदा फाइदा हुन्छ त ?

हामीले हाई मार्जिन राखेर काम गर्दैनौ । फाइदा हुन्छ । क्यान्टिन चलाउँदा भाडा नतिर्नुपर्ने प्रचलन छ, त्यसले गर्दा पनि हामीलाई सस्तोमा खाना खुवाउन सहज हुन्छ । हामीले फाइदा मात्रै गर्ने गरी भन्दा पनि सेवा गर्ने हिसाबले पनि काम गरेका हौं ।

–सस्तो खानामा सरसफाई लगायतका कुराहरुमा कमजोरी हुन्छ भनिन्छ नि ?

हो, अरु क्यान्टिनहरुमा आफ्नै परिवारका सदस्यहरु बुढाबुढी छोराछोरीले काम गरेर ग्राहकको सेवा गरेका हुन्छन् । जसले गर्दा सरसफाई लगायतका कुराहरुमा उनीहरुले त्यति ध्यान नदिएको देखिन्छ । तर हामीले काठमाण्डौमा चारवटा क्यान्टिनहरु सञ्चालन गरिसकेका छौ, जसमा ४० जनाभन्दा बढी स्टाफहरुलाई राम्रो तलब दिएर राखेका छौ । हाम्रो क्यान्टिन मुलुककै उदाहरणीय बनाउने योजनामा हामी छौ । सरसफाईको विषयमा कसैले शंका गर्नै पर्दैन् । त्यो हाम्रो पहिलो प्राथमिकताको विषय हो ।

– तपाईहरुले खाना मात्र सस्तो होकि अन्यमा पनि त्यस्तै हो ?

होइन, हाम्रोमा सादा खाना कतै ६० रुपैयाँ त कतै ७० रुपैयाँमा खुवाइरहेका छौ । चिकेन ममको समेत प्रतिप्लेट ७० रुपैयाँनै छ । तपाईले बाहिर बुझ्नुभयो भने चिकेन ममलाई १ सय ५० भन्दा तल पाउनु हुन्न् । अब खानाको कुरा गर्नुभयो भने यदाकदा यही मुल्यमा पाइएला तर हाम्रो स्तरको गुणस्तर भएको खाना पाउनुहुन्छ जस्तो मलाई लाग्दैन । फेरि अर्को कुरा के छ भने हामी निकट भविष्यमा राजधानीमा ५ सयभन्दा बढी क्यान्टिनहरु सस्तो मुल्यमा र गुणस्तरीय खाना र खाजा खुवाएर, थोरै मात्रै फाइदा खाएर सेवा गर्ने अभियानमा छौ । हामी चाहान्छौ, ग्राहकहरुको सुझाव र सल्लाह हामीलाई आइरहोस्, जसले गर्दा हाम्रा गल्ती र कमजोरीहरु सुधार्न सकौं । बाहिरको भन्दा हाम्रोमा सबै कुरा सस्तो छ ।

यस्तै गुणस्तरको खाना मोक्तानको क्यान्टिनमा पाइन्छ

–जम्मा लगानीचाहि कति गर्नुभएको छ नि ?

चारवटा क्यान्टिन गरेर करिब ५० लाख लगानी छ ।

–तपाईहरुका क्यान्टिनहरुचाहि कुन–कुन ठाउँमा छन् नि ?

एउटा सिंहदरबारभित्रको अर्थमन्त्रालयमा छ । अरु तीनवटा काठमाण्डौका कलेजहरुमा रहेका छन् । तीमध्ये इन्टरनेश्नल स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज, पुल्चोक इन्जिनियरिङ कलेज, मिड भ्याली इन्टरनेश्नल कलेज लगायतमा हाम्रा क्यान्टिन सञ्चालित छन् । निकट भविष्यमानै हामीले केही ठाउँहरुमा क्यान्टिनहरु सञ्चालन गर्ने तयारीमा छौ ।

–अब विदेश नजाने त ?

हाम्रो ६ जनाको समुह कटिबद्ध भएर स्वदेशभित्रै केही गर्ने भनेर लागेको छ । हाम्रो टिममा सन्तोष रञ्जितकार केही दुवई बसेर आउनुभएको हो । अरु साथीहरु विदेश गएका पनि छैनौ र विदेश जाने मोह पनि छैन ।

–तपाईहरुका कोही साथीहरु अमेरिकामा बसेर करोडौं कमाएको देख्दा कहिलेकाही दुःख लाग्दैन ?

किन दुःख लाग्ने ? हामी हाम्रो आफ्नो काममा विश्वास गर्छौ । साथीहरुले वैदेशिक रोजगारमा मात्र होइन, नेपालमै बसेर पनि करोडौं कमाएका उदारणहरु पनि प्रशस्त छन् । यहाँ पैसा पनि कमाउन सकिन्छ र खुसी पनि हुन सकिन्छ । तर विदेशमा पैसा कमाए पनि खै त खुसी ? खै परिवार ? समस्या अमेरिका गए पनि छ, दुबई गए पनि छ । आफु नाच्न नजान्ने आँगन टेढो भनेजस्तै गर्नेलाई जहाँ पनि छ । गर्न नसक्नेका लागि संसारका कुनै पनि कुनामा ठाउँ छैन । हामी आत्मविश्वासका साथ काम गरिरहेका छौ । विश्वास छ एक दिन हामीलाई सफलता मिल्ने छ ।

–प्रसंग बदलौ, तपाई राजनीतिबाट कत्तिको प्रभावित हुनुहुन्छ ?

म पनि यो देशमै बस्ने नागरिक हो, असर त गर्छ नै । तैपनि कुनै पनि पार्टीको झण्डा बोकेर हिडेको छैन । सबै पार्टीलाई उत्तिक्कै सम्मान गर्छु । युवाहरुलाई सरकारले मात्र रोजगार दिने भन्दा आफै आत्मनिर्भर बन्नेतिर लागौं, बरु मुलुक बनाउनेतिर लागौं । वैदेशिक रोजगारमा गएर अलिकति सम्पति जोड्ने र घरपरिवार बर्बाद पार्ने काम बन्द गरौं । सरकार र राजनीतिक क्षेत्रले त्यो खालको वातावरण बनाइदिओस् भन्ने मेरो आग्रह छ ।

–तपाईको अन्तमा भन्नुपर्ने केही छ ?

म एउटा साधारण उद्यमीको नाताले संसारभर रहनुभएका नेपालीहरुलाई यो आग्रह गर्न चाहान्छुकि नकारात्मक सोचभन्दा माथि उठेर स्वदेशमै आएर केही उद्यम गरौं, देशलाई पनि केही दिऔं र आफु पनि केही लिऔं । स्कुल पढ्दैदेखि अभिभावकले बच्चालाई विदेश पठाउने सोच राख्ने, बच्चाले पनि विदेश जाने मनसाय बनाउने, विद्यालयको शिक्षा समेत वैदेशिक रोजगारका लागि अभिप्रेरित गर्ने खालको हुनेलाई सम्बन्धित सबै पक्षले चिन्न जरुरी छ । यस्तै हो भने अहिले गाउँमा युवाहरु पाइदैन । केही समयपछि शहरमा समेत युवाहरु खाली हुनेछन्, त्यसपछि के हुनेछ आफै कल्पना गर्नुहोस् ।

श्रोत : सुर्यखबर

झण्डै डेढ महिना पुग्नै लाग्दा कुन्दन हत्या प्रकरणमा प्रहरी फेरी यसरी मुख खोल्यो | आफन्त र प्रहरी बीचको छलफलको चर्काचर्की,, अब के होला कुन्दन प्रकरण ? हेर्नुहोस भिडियोमा


नयाँ शक्तिका उम्मेद्वार खोज्दा आपत्तिजनक अवस्थामा भेटिए १५ युवती

नयाँ शक्तिका उम्मेद्वार मदन गिरी अपहरणमा परेको सूचना पाएसँगै प्रहरी उनको खोजिमा लाग्यो । गत बुधवार एकाएक गायव भएका गिरीको खोजीमा प्रहरीले बिहीबार राती काठमाडौंको गोंगवुमा रहेका होटल तथा गेष्ट हाउसहरुमा छापा मारेको थियो । ‘गिरीलाई कतै होटलमा बन्धक बनाएर राखिएको त छैन्’ भन्नै शंका बोकेर गोंगवु एरियामा पुगेको प्रहरी छिनभरमा चकित भयो ।गोंगवुका होटलमा लक्का जवान युवतीहरु आपत्तिजन अवस्थामा फेला परेपछी सर्च अपरेशनमा गएको टोलीले काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीलाई सोधे, ‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन् ।’एसएसपी जोशीले उनिहरुलाई पनि नियन्त्रणमा लिन आदेश दिएसँगै काठमाडौं प्रहरीले बिहीबार साँझ १५ जना युवतीहरुलाई नियन्त्रणमा लिएको छ । युवतीहरुसँगै पाँच जना होटल संचालक र एकजना युवती खोज्दै पुगेका ग्राहक समेत पक्राउ परेका छन् ।ब्यवसायीक रुपमा यौनधन्दामा संलग्न युवतीहरु होटलमा बस्ने र त्यहा पुग्ने ग्राहकको ईच्छा पुर्ति गर्ने कार्यमा संलग्न हुने गरेको काठमाडौं प्रहरीले जनाएको छ ।‘होटल सञ्चालहरुले उनिहरुलाई जागिर नै दिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ’ काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘युवतीहरु १८–२० उमेर समुहका छन् ।’होटल संचालक र वेश्यावृद्धिमा संलग्न युवतीहरुबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

Powered by Blogger.
 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger