Latest Updates :

नेपालको कुन अस्पतालमा कुन रोगको निशुल्क उपचार पाइन्छ, थाहा पाईराखौँ

SHARE THIS POST :

मन्त्रालयले १० वटा रोगको उपचारका लागि सूचीकृत गरेका अस्पतालहरुले प्रक्रिया पूरा गरेर आएका विपन्न नागरिकलाई निःशुल्क उपचार प्रदान गर्नुपर्ने हुन्छ। मन्त्रालयले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मिर्गौला डाइलाइसिस, मुटुरोग, हेड इन्जुरी (टाउकोको चोटपटक), स्पाइनल चोटपटक, अल्जाइमर्स, पार्किन्सस, बाथ मुटुरोग र सिकलसेल एनिमिया रोग उपचारका लागि अस्पताल तोकेको हो।

तोकिएका अस्पतालमध्ये बाथ मुटुरोगको शल्यक्रियाका लागि बिरामीले सिधै अस्पतालमा पुगेर उपचार सेवा पाउन सक्छन् भने अन्य रोगहरुमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। निःशुल्क उपचार सेवा अन्तर्गत बाथ मुटुरोग, मिर्गौला प्रत्यारोपण र डाइलाइसिस सेवामा बिरामीले पूर्ण निःशुल्क पाउँछन् भने अन्य रोगमा भने एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउनेछन्। बिरामीले यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउनेछन्।

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पुर्जी (प्रिस्किप्सन) लगेर गाउँपालिका वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्छ। सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घरपायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ।

यी हुन् १० रोगका लागि मन्त्रालयले सूचिकृत गरेका अस्पतालहरु

कुन रोगको सहुलियत उपचार कुन अस्पतालमा ?

क्यान्सर रोगको उपचारका लागि–

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौं ।

२) शिक्षण अस्पताल, महाराजगंज काठमाडौं ।

३) भरतपुर क्यान्सर अस्पताल, चितवन ।

४) क्यान्सर केयर अस्पताल जावलाखेल, ललितपुर ।

५) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ।

६) कान्ति बाल अस्पताल, महाराजगंज काठमाडौं ।

७) पाटन अस्पताल, ललितपुर

८) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी

९) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।

१०) प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं ।

प्रसुति गृह थापाथलीमा विशेषगरी महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि तोकिएको छ ।

मृगौला रोगको उपचारका लागि–

१) वीर अस्पताल, काठमाडौं ।

२) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।

३) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।

४) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं ।

५) पाटन अस्पताल ललितपुर ।

६) जनकपुर अञ्चल अस्पताल, धनुषा ।

७) नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, पर्सा ।

८) कोशी अञ्चल अस्पताल, धनुषा ।

९) राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, काठमाडौं ।

१०) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर ।

११) नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके ।

१२) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं ।

१३) युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस पक्लिहवा, रुपन्द्रेही ।

१४) चितवन मेडिकल कलेज, चितवन ।

१५) कलेज अफ मेडिकल साइन्सेस, चितवन ।

१६) मणिपाल मेडिकल कलेज पोखरा, कास्की ।

१७) वि एण्ड वि अस्पताल ग्वार्को, ललितपुर ।

१८) नेशनल डायलासिस सेन्टर एकान्तकुना, ललितपुर ।

१९) गोल्डेन अस्पताल विराटनगर, मोरङ्ग ।

२०) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक ।

२१) गण्डकी मेडिकल कलेज पोखरा, कास्की ।

२२) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर ।

२३) विराट अस्पताल विराटनगर मोरङ्ग ।

मुटु रोगको उपचारका लागि–

१) वीर अस्पताल, काठमाडौं ।

२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।

३) पाटन अस्पताल, ललितपुर ।

४) सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, काठमाडौं ।

५) मनमोहन कार्डियो भास्कुलर थोरासिक केन्द्र महाराजगंज, काठमाडौं ।

६) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।

७) कान्ति बाल अस्पताल महाराजगंज, काठमाडौं ।

८) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।

पार्किन्सन्स तथा अल्जाईमर्सका लागि–

१) वीर अस्पताल, काठमाडौं ।

२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।

३) पाटन अस्पताल, ललितपुर ।

४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।

स्पाईनल ईन्जुरी (टाउको र मेरुदण्डको समस्या) को उपचारका लागि–

१) वीर अस्पताल, काठमाडौं ।

२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।

३) पाटन अस्पताल, ललितपुर ।

४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।

सिकलसेल एनिमिया रोगको उपचारका लागि–

१) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।

२) उपक्षेत्रीय अस्पताल घोराही, दाङ ।

३) जिल्ला अस्पताल, नवलपरासी ।

४) लम्बिनी अञ्चल अस्पताल बुटवल, रुपन्द्रेही ।

५) जिल्ला अस्पताल, कपिलवस्तु ।

६) भेरी अञ्चल अस्पताल नेपालगंज, बाँके ।

७) सेती अञ्चल अस्पताल धनगढी, कैलाली ।

८) जिल्ला अस्पताल, बर्दिया ।

९) महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, कञ्चनपुर ।

पायक पर्ने अस्पतालमा शैया नपाएमा वा बिरामी भर्ना हुन नसक्ने भएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने समेत व्यवस्था गरिएको छ ।

जनस्वास्थ्य अधिकृत न्यौपानेका अनुसार कडा रोगको उपचारका लागि गरिब वा विपन्नलाई सरकारले १ लाख रुपैयाँ सम्मको निः शुल्क उपचार दिनेछ । तर उपचार नै गर्न नसक्ने अवस्थामा भने ५ लाख रुपैयाँ सम्म दिने व्यवस्था छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger