Latest Updates :

दिल्लीमा छात्रालाई बसभित्रै सामुूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय

SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख २३ शनिबार
नयाँदिल्ली, २३ बैशाख । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा बस भित्रै छात्रालाई सामूहिक बलात्कार गर्ने चार दोषीलाई फासीको सजाय सुनाएको छ।

शुक्रबार तल्लो अदालतको फैसलाको आधारमा त्यहाँको सर्वोच्च अदालतले दोषी मुकेश, पवन, विनय शर्मा र अक्षयकुमार सिंहलाई फासीको सजाय सुनाएको हो।

भारतको राजधानी नयाँदिल्लीमा सँगै भएका साथीलाई बसबाट फालेर १६ डिसेम्बर २०१२ मा छात्राको सामूहिक बलात्कार भएको थियो।

बलात्कारमा संलग्न भएको अरोपमा १८ डिसेम्बर २०१२ मा राम सिंह, मुकेश, विनय शर्मा र पवन गुप्ता पक्राउ परेका थिए भने डिसेम्बर २१ मा अक्षय ठाकुर बिहारबाट पक्राउ परेका थिए।

पीडित छात्राको २९ डिसेम्बर २०१२ मा सिंगापुरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। भारतीय सर्वौच्च अदालतदले शुक्रबार सन् २०१२ मा भएको सामूहिक बलात्कार र हत्या काण्डका चार व्यक्तिलाई मृत्यु दण्डको सजायलाई समर्थन गरेको हो।

सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीस्थित एक २३ वर्षीया छात्रालाई सामूहिक बलात्कार र हत्याको प्रयास भएको थियो।

यस घटनापछि अस्पताल भर्ना भएकी ती विद्यार्थीको केही दिनपछि मृत्यु भएको थियो। मृत्यु दण्डको सजाय सुनाइएका ती चार अपराधीले मृत्यु दण्डविरुद्ध अदालतमा अपिल गरेका थिए।

सोही अपिलको सुनवाईको क्रममा शुक्रबार अदालतले मृत्यु दण्डको समर्थनमा फैसला गरेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger