Latest Updates :

बालक बचाउने फोटोग्राफरको भावुक तस्बिर

SHARE THIS POST :
शुक्रबार, ०८ बैशाख २०७४
हबकले भनेका छन्, ‘जब पहिलो बालकलाई मैले नजिकै देखें, त्यसबेला उसको मृत्यु भइसकेको थियो । लगत्तै म दोस्रो बालकतर्फ लागें । उसलाई श्वास प्रश्वासमा गाह्रो भइरहेको थियो । मैले ती बालकलाई एम्बुलेन्ससम्म पुर्याएँ । ती बालकले मेरो हात समाइरहेका थिए र निरन्तर म तर्फ हेरिरहेका थिए ।’

एजेन्सी । मानवीय संवेदनाले नछुने सायदै होलान् । यसलाई एक फोटोग्राफरले पुष्टि गरिदिएका छन् । धेरैका लागि आफ्नो शरीर भन्दा ठूलो अरु केहि हुँदैन । तर सिरियाली फोटोग्राफर तथा सामाजिक अभियन्ता अब्द अल्कादर हबक भने यसलाई गलत साबित गरिदिएका छन् ।


सिरियामा भएको एक बम हमलामा घाइते बालकलाई बचाउन उनले आफ्नो ज्यान नै बाजी लगाएका थिए । तर ती फोटोग्राफरले अर्को बालकलाई बचाउन नसक्दा निकै दुःखी भएको अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा केही दिन यता उनका ती तस्बिर निकै भाइरल बनेका छन् । जुन तस्बिरमा उनले क्यामेरासँगै बालकलाई हातमा समाएको देखिन्छ । त्यसै गरी अर्को तस्बिरमा उनी रोइरहेका देखिन्छन् ।
गएको हप्ता अलेप्पो शहर नजिकै विद्रोहि समूहले कब्जा गरेको थियो । स्थानीय समाचार एजेन्सीका अनुसार एक व्यक्तिले साना बालबालिकालाई चिप्सको लोभ देखाएर आफूतर्फ बोलाएका थिए । लगत्तै त्यहाँ बम बिस्फोट भएको थियो ।

हबकको भाइरल भइरहेको तस्बिर उनका साथी फोटोग्राफर मोहम्द अलगरेबले खिचेका थिए । जुन तस्बिरहरुमा सिरियाली द्वन्द्वको एउटा भयावह अवस्था देख्न सकिन्छ ।
हमलामा परी १ सय २६ को मृत्यु भएको थियो भने ८० भन्दा बढि घाइते भएका थिए ।
त्यहि समयमा फोटोग्राफर हबक बिस्फोट भएको स्थान नजिकै आफ्नो काममा व्यस्त थिए । बिस्फोट पश्चात केहि समय उनी बेहोस भएका थिए । बिस्फोटमा घाइते धेरैजसो बालबालिका थिए । बालबालिकाको यस्तो भयावह अवस्था देखेपछि हबकले आफ्ना साथीहरुलाई सहयोगमा जुट्ना आग्रह गरेका थिए ।
हबकले भनेका छन्, ‘जब पहिलो बालकलाई मैले नजिकै देखें, त्यसबेला उसको मृत्यु भइसकेको थियो । लगत्तै म दोस्रो बालकतर्फ लागें । उसलाई श्वास प्रश्वासमा गाह्रो भइरहेको थियो । मैले ती बालकलाई एम्बुलेन्ससम्म पुर्याएँ । ती बालकले मेरो हात समाइरहेका थिए र निरन्तर म तर्फ हेरिरहेका थिए ।’

हबकको भाइरल भइरहेको तस्बिर उनका साथी फोटोग्राफर मोहम्द अलगरेबले खिचेका थिए । जुन तस्बिरहरुमा सिरियाली द्वन्द्वको एउटा भयावह अवस्था देख्न सकिन्छ ।

२०७४ बैशाख ०८ गते १०:२२ मा प्रकाशित
501 पटक पढिएको

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger