Latest Updates :

प्रचण्डजीको भविष्यको चिन्ता लागिरहेको छ

SHARE THIS POST :
प्रधानमन्त्री भैसकेको व्यक्ति हिजो अचानक आन्दोलनको नेतृत्व गर्दै सडकमा उत्रिनुभयो । झन्डै १२ घण्टा प्रहरी नियन्त्रणमा बस्नुभयो । तपाईंको राजनीतिक जीवनमा हिजोको दिनको के अर्थ रहन्छ ? घटनाको लगतै मैले हिजो फेसबुमा स्टाटस राखेको थिएँ । पहिलो पटक २०३६ सालमा अखिल भारतीय विद्यार्थी संगठनको अध्यक्ष भएको समयमा राजा विरेन्द्रलाई कालो झण्डा देखाउँदा भारत सरकारले मलाई गिरफ्तार गरेको थियो । दोस्रो पटक ०४२–४३ सालमा नेपालमा गिरफ्तार भएँ । बहुदल आएपछि ५० सालमा मदन भण्डारीको हत्याको विरोध गर्दा गिरजाप्रसाद कोइरालाको सरकारले गिरफ्तार गरेको थियो । त्यो मेरो चौँथो गिरफ्तारी थियो । हिजो मेरो गिरफ्तारी पाँचौ पटक पूर्व सहयोद्धा प्रचण्डको सरकारले गिरफ्तार गरेर राखेको थियो । म रोमाञ्चित महसुस गरिरहेको थिए । जीवनको समिक्षा गरिरहेको थिए । इतिहास दोहरिन्छ भन्छन् । दोहरिँदो रहेछ । कहीँ हामीले गल्ती त गरिरहेका छैनौँ भन्ने पनि लाग्यो । ३६ सालबाट अहिले सम्म ३६–३७ बर्ष भइसकेको छ । लोकतन्त्रको विकास नै नभएको अनुभूति भएको छ । तपाईंले सही अर्थमा देशमा लोकतन्त्र आएको रहेनछ भन्नुभयो, आफूलाई लज्जित भएको कुरा पनि गर्नुभयो । एउटा घटनाले यो निश्कर्षमा पुग्न हतारिएको जस्तो लाग्दैन ? लोकतन्त्रको गहिराई सम्मको विकास नहुँदासम्म आर्थिक सामाजिक परिवर्तन हुँदैन रहेछ । सांस्कृतिक रुपान्तरणको वातावरण बन्दैन भन्ने युरोपको एलाइन्टमेन्टबाट प्रभावित भएर होला देशमा औद्योगिक क्रान्तिसँगसँगै राजनीतिक क्रान्ति र त्योसँगै आर्थिक–सामाजिक क्रान्ति आउँछ भन्ने थियो । त्यहीँबाट विधिको शासन आउँछ भन्ने मान्यता बोकेर आउँछ भनेर निरङ्कुसताको अन्त्य गरेका मान्छेहरु हौँ । विस्तारै जनता अधिकार सम्पन्न भए भन्ने भएको थियो । तर दुईटा कुराले भिन्न कुरा देखियो ।दलिय आधारमा दलले निर्वाचनमा चुनाव चिन्ह पाउनु सामान्य कुरा हो । बहुदलमा पनि पाइन्थ्यो । तर अहिले आएर त्यो पाउने कुरा नै कुण्ठित ग¥यो । यसबाट थाहा लाग्यो कि मेरा पूर्व मित्र प्रचण्डको लोकतन्त्रप्रतिको ज्ञान कति छिपछिपे रहेछ ।दोस्रो, शान्तिपूर्ण रुपमा धर्ना बस्नु ठूलो अपराध होइन । हामी जाने ठाँउमा निषेधित क्षेत्र बनाएर बलप्रयोग ग¥यो । हामीलाई गिरफ्तार गरेर लग्यो ।तेस्रो गिरफ्तार गरेर लगेपछि पूर्व प्रधानमन्त्री र सांसदहरु लगेपछि कुनै पहल होला भन्ने लागेको थियो । तर, कुनै पहल भएन । लगेर सरकारले कुनै रेस्पोन्स गर्ला भनेको, गरेन । हामी त राजनीतिक माग राखेर आन्दोलनमा गरेका थियौँ । हामी चोर–डाँका त थिएनौँ ।दिन भरी राखेर बेलुका त गृहमन्त्रीले तपाईं गइदिनु प¥यो पो भन्छन् । कुनै विधि प्रक्रिया पूरा गरेन । मैले गृहमन्त्रीलाई भने केही लिखित त चाहियो । हामीलाई किन ल्याइएको हो ? किन छोडिँदै छ ? हैन, तपाईं गइदिनु प¥यो भनेर गृहमन्त्रीले फोन काट्नुभयो । त्यहाँ एसएसपी छविलाल जोशी रहेछन् । धुर्त र अन्त्यन्त कपटी । केटाकेटीलाई जिस्काए जस्तो गरी के सेवा गरौँ ? भन्दै आए । मैले तपाईंको नियम कानूनले जे भन्छ त्यही गर्नुहोस् भने । त्यसको पाँच मिनेटपछि राठोर भन्ने डिएसपी आए । मैले पहिला पनि सुनेको थिएँ त्यो उद्दण्ड प्रकारको छ भनेर । उसले त आदेश दिएर ल केटाहरु हो समात भने । त्यसपछि लछारपछार भयो । महिलाहरुलाई,सांसदहरुलाई घिसार्न थालियो । नगर भन्दा पनि मानेनन् ।त्यसपछि लाग्यो, मानवअधिकार विधिको शासन केही रहेनछ । मैले बाहिर आएर भने हामीले केही अपराध गरेको छ भने कानून अनुसार सजाय हुन्छ । हामीले अपराध पनि केही गरेका थिएनौँ । थियो भने अदालतमा पेस गर्ने हो, मुद्दा लगाउने हो । केही नगर्दा पनि प्रहरी हिरासतमा दुव्र्यवहार भयो । यो हेर्दा लोकतन्त्र, विधिको शासन नाजुक रहेछ । झन् मधेशका दलित बस्तीमा के होला ? दुरदराजमा के होला ? सारै लज्जित बनायो मलाई । त्यसमा पनि प्रचण्डको सरकारले । उहाँको शासनकालमा यस्तो गतिविधि हुनु र उहाँले कुनै चासो नदेखाउनुले मलाई लज्जित बनाएकै हो । पछिल्लो २४ घण्टामा सामाजिक संजालमा मुलत सरकारप्रति तपाईंका आक्रामक भनाई आएका छन् । तपाईंले सरकारलाई इतिहासकै भ्रष्ट समेत लेख्नुभएको छ । त्यस्तो आरोपका आधार के छन् यहाँसँग ? राजनीति यस्तो दुस्चक्रमा फस्यो कि भ्रष्टाचार कालो धनको बलमा र डनहरुको बलमा निर्वाचन जित्ने । जितेपछि भ्रष्टाचार गर्ने र फेरी डन प्रयोग गर्ने दुस्चक्र चल्यो । काँग्रेस राजावादीहरुले यस्तो गरे–गरे तर यसका विरुद्ध विद्रोह गरेको माओवादीले पनि त्यहि बाटो अंगालेको छ । विद्रोहको नेतृत्व गर्ने प्रचण्ड नै अरबौँको भ्रष्टाचारमा मुछिनु भएको छ । उनका आसेपासे र परिवारका मान्छेहरुलाई पाल्नुभएको छ । क्रोनिजम क्यापिटल खडा गर्नुभएको छ । उनले अहिले हिजोका काँग्रेस, पञ्च र कुख्यात मान्छेहरुलाई नै उछिन्नु भएको छ । यो मैले दुःखका साथ भनिरहेको छु । मैले पाएको सूचना अनुसार यो बर्षको बजेटको रकामान्तर भनेर गैरबजेटिएर रुपमा अरबौँको हिनामिना भएको रिपोर्ट आएको छ । अहिले निर्वाचन भनेर पैसाका बिटाबोकेर हिँडिरहनु भएको छ । पैसाको मामिलामा काँग्रेस र एमालेलाई जितेको छ प्रचण्डजीको माओवादी केन्द्रले । यो सरकार प्रति क्रान्तिको हतियार बन्यो । यो मलाई गम्भिर चिन्ता लागेको छ । मेरो उहाँ प्रति अहिलेपनि रिस वा आग्रह कुनै छैन । कतिपय वृतमा हिजो आन्दोलन शुरु भएको पाँच–सात मिनेटमै यहाँले गिरफ्रतारी दिएको भन्ने आरोप देख्न पाइन्छ । सत्य के हो ? हामीले निषेधीत क्षेत्र हटाउन आग्रह गरेका थियौँ । तर उहाँहरुले मान्नु भएन । उनीहरुले रोके धक्काधक्की भयो । त्यही क्रममा हिसिला यमी लडेर बेहोस हुनुभयो । पानी छर्केर होसमा ल्याउनु प¥यो । त्यस्तो अवस्था आइसकेपछि हामीले भन्यौँ कि हामीलाई धर्ना बस्न दिनुप¥यो । होइन भने हामी शान्तिपूार्ण रुपमा गिरफ्तारी दिन्छौँ भन्यौ । हामी गिरफ्तारी दिएपछि पनि कयौँ साथीहरुलाई कुटपिट गरिएछ । कयौँ साथीहरुले प्रहरी क्लबमा आएर निलडामहरु देखाउनुभयो । एक जना रम्तेल थरका साथी हस्पिटल भर्ना हुनु भयो । प्रहरी क्लबमा पुगेर पनि मैले राजनीतिक मागहरुलाई राजनीतिक रुपमा हल गरियोस भनेँ तर कुनै जवाफ नै आएन । १७ गते भेटेर प्रधानमन्त्रीलाई ४८ घण्टाको समय दिएका थियौँ । स्थानीय तह निर्वाचन ऐन को दफा ६ र ७ ले निर्वाचन चिन्हबाट जसरी बञ्चित गरेको छ त्यसलाई कित संसदबाट संशोधन विद्ययकबाट हल गर्नु होस कि संसद रोकेर अध्यादेशबाट हल गर्नु होस् भन्यौँ ।१२ घण्टा जति प्रहरी हिरासतमा बस्दा पनि प्रधानमन्त्रीले सके आफै आउनु पथ्र्यो । त्यो शिस्टाचार पनि हुन्थ्यो । नसके मन्त्री कसैलाई पठाउनु पथ्र्यो । तर उहाँले कुनै पहल गर्नु भएन । यसबाट लाग्यो प्रचण्ड यति छिटै पतन हुनु भएछ । सत्तामा समाहित हुनुभएछ उहाँको भविश्यप्रति मलाई चिन्ता लागेको छ ।फरक–फरक राजनीतिक सोच र बाटोमा विश्वास गर्ने तपाईं र मोहन वैद्य किरण अचानक हिजो एकै ठाँउ देखिनुभयो । तस्विरहरु आफैमा अनौठा मानिएका छन् । सामाजिक सञ्जालमा पनि बहस छ । तपाईं के ठान्नुहुन्छ, के यो संयोग मात्र हो ? वैद्य जी र म माओवादीमा छँदा वैचारिक रुपमा अन्तर थियो । उहाँ शास्त्रीय रुपमा लैजानुपर्छ भन्ने म सृजनशिल रुपमा अगाडि लैजाउ भन्ने । प्रचण्डजी बीचमा बसेर नेतृत्व गरिरहनु भएको थियो । वैचारिक धुब्र हामी दुइको थियोे, नेतृत्व प्रचण्डजीको । यो प्रचण्डजीको कला पनि हो । तर अहिले उहाँले पनि सिपी गजुरेल जीको नेतृत्वमा मोर्चा बनाएर निर्वाचनमा भाग लिने निर्णय गर्नु भएकोरहेछ । पार्टी दर्ता गरेर निर्वाचन चिन्ह लिँदै हुनुहुदो रहेछ । उहाँ लगायतका ६४ दलहरु यो मुद्दामा मात्र एक भएका हौँ । तराई–मधेश, हिमाल–पहाडको अभियानमा जाँदा कतिपय ठाँउमा चुनाव चिन्हे आँखा नदिए, उनीहरुकै आँखा तानिन्छ सम्म भनेको सुन्न पाइएको थियो । तपाईंले चुनाव चिन्हलाई निकै ठूलो प्रतिष्ठाको विषय बनाउनु भएको छ । पहिलो पटक चुनाव लड्न थालेको पार्टीले केही कम्मरमाइज गरेर जाँदा के हुन्छ ? यो प्रतिष्ठाको विषय होइन । बहुदल भनेको चुनाव चिन्ह लिएर निर्वाचनमा भागलिन पाउने सार्वभौम अधिकार हो । नेपालको संविधानको धारा २६९,७० र ७१मा लेखेको छ–दलले आफ्नो पहिचानमा सहित संगठित हुने । निर्वाचनमा भाग लिन पाउने भनेको छ । प्रधानमन्त्रीले यसलाई पनि मिच्नु भएको छ । उहाँ धेरै कुटिल मान्छे हो । आफ्ना विरोधीहरुलाई साइड लगाउन उनले आफु नजिका मान्छे प्रयोग गर्छन । प्रतिस्पर्धीलाई निषेध गर्ने मान्छे हुन् । अहिले नयाँ शक्ति लगायतका केही दलहरुलाई रोक्नलाई प्रचण्डले यस्तो गरेका हुन् । ती दललाई आउन नदिने षडयन्त्र हो । निर्वाचन आयोगले पठाएको ड्राफ्ट यस्तो थिएन । उसले पठाएको दफा २६ को ५ सम्म हेर्नु भयो भने दलहरुले निर्वाचन चिन्ह लिन पाउने भ ेको छ । ६ र ७ मा जे लेखिएको भएपनि भनेर दुई बुँदा थपेको कुरा प्रमुख आयुक्त र अन्य सबै आयुक्तले भनेको छन् । हामीलाई निर्वाचन चिन्ह दिने–नदिने भन्ने होइन । लोकतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने भन्ने हो । प्रधानमन्त्रीले अहिले संविधानको उल्ङघन गरी रहनु भएको छ । उहाँले नैतिक रुपमा एक मिनेट पनि कुर्सीमा बस्नुहुन्न । प्रचण्डले माओवादी आन्दोलनलाई धोका दिइरहनु भएको छ । म प्रधानमन्त्री हुँदा सेना समायोजन गरेँ । संविधान बनाउन सकिनँ । संविधान कार्यन्वयन गर्ने, सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएरु द्धन्द्धकालीन मुद्धा छिनोफानो गर्नुपर्ने हो । तर, अहिलेसम्म माखो पनि मार्नु भएको छैन । उहाँको उद्देश्य भनेको सत्तामा बसिरहने, धन कमाउने, धन भएपछि चुनाव जित्ने बस, यति हो । म उहाँबारे यसरी पहिला कहिल्यै बोलेको थिइनँ । उहाँलाई प्रतिक्रान्तिको बाहक बनाएका छन् । अहिले ऐन संसोधन गर्न कठिन हुने भएको भन्दै प्रधानमन्त्रीले नयाँ शक्तिका सवै उम्मेद्वारलाई आँखा चुनाव चिन्ह दिने विकल्प अगाडि सार्नुभएको छ । तत्कालका लागि यो विकल्पमा जाँदा समस्याका हल हुन सक्छ । यहाँ के ठान्नुहुन्छ ? यो बहुदलिय लोकतन्त्रको हत्या हो । प्रचण्डको नियतले गरेको हुन् । प्रधानमन्त्री र सरकारले विद्येयक पास गर्ने हो । यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । मलाई थाह छैन भन्न मिल्दैन । कुनैपनि विद्ययक पारीत गर्न संसदमा पठाउनुपर्छ । पहिला पार्टी बनाउँदा आर्थिक समृद्धि र विकासको नारा प्रधान थियो । अहिले आन्दोलनमा आफै उत्रनु भएको छ । मैले जान्न खोजेको, एक चरण संघर्षबाटै पार्टी संगठन बलियो बनाउने सोच बनाउनु भएको हो ? हामीले पाँच स हो अवधारणा अगाडि सारेको छौँ । समृद्धि हाम्रै पालामा भनेका छौँ । विकास र समृद्धि हाम्रो मुख्य नारा हो । भ्रष्टाचार मुक्त समाज बनाउने उद्देश्य हो । यसको लागि समावेशील समानुपातिक लोकतन्त्र हुनुपर्छ । हिमाल पहाड तराईका जनतामा एकता हुनुपर्छ । संविधान निमार्णको समयबाट नै संविधानप्रति असन्तुष्टि राखेका दललाई–समुहलाई पनि राजनीतिमा ल्याउनु पर्छ । यो भनेको संविधान संशोधन गरेर हुन्छ । यहाँले चुनावका लागि अगाडि सारेका ६ वटा आधारमा खास प्रगति भएको छैन । तै पनि चुनावी तयारी त्रीव छ । ६ वटा आधार र चुनाव चिन्ह पाइएन भने नयाँ शक्ति चुनावमा जान्छ कि जाँदैन ? दलहरुलाई निषेध गरेर हुँदैन । दलहरुलाई संविधानले दिएको अधिकारबाट बन्चित गर्दै जानु भयो भने लोकतन्त्र र संविधानको विरुद्ध हुन्छ । हामी यसको प्रतिवाद गर्छौँ । निर्वाचनको वातबरण बनेको छैन् । देउवाले दिएको समय सिमामा आफ्नै नेतृत्वमा निर्वाचन गर्ने दवाव पनि होला । सकिएन भने सत्ताको समय लम्बाउने खेलमा लाग्नु हुन्छ, प्रचण्ड । उहाँले यो संसोधन गर्न चाहेमा एक हप्तामा समाधान हुन्छ । कि संविधान संशोधन गर्ने कि दुई तीन दिन संसद स्थगित गरेर अध्यादेश जारी गर्न सकिन्छ । निर्वाचनको लागि प्रचण्ड नै तयार छैनन् भन्ने मेरो आशंका हो । पुष्टि उहाँले नै गर्नुपर्छ । एकातिर तपाईंले विभिन्न राजनीतिक दलसँग धुव्रीकरणको अभियान चलाईरहनु भएको छ । हिजो मात्रै तपाईं सडकमा र प्रहरी क्लवमा हुँदा पार्टीका सहसंयोजक महेश कर्मोच र धुव्र पराजुलीजस्ता नेताले पार्टी छाडेर हिड्नुभयो । मुमाराम खनाल, रामेश्वर खनाल हुँदै कर्मोचा र पराजुलीसम्म आउँदा भएका बर्गिगमनले दिएको सन्देश त तपाईंका लागि सुखद नहँुन सक्छ, होइन ? धुब्रीकरण हुन्छ नै । रुखहरु बढ्दा पनि पुराना पत्र झर्ने, केहि नयाँ आउने हुन्छ । पहिला नयाँ शक्ति बनायौँ । केही मान्छे नयाँ आए, केही मान्छे अटाउन सक्नु भएन । उहाँले सोचेको कुरा पुरा भएन होला । जुन गतिमा यो अगाडि बढ्नुपथ्र्यो, त्यो अनुसार चाल मिलाउन सक्नु भएन होला । यो आउने र जाने क्रम चलिरहन्छ । यसलाई मैले अन्यथा मानेको छैन । सबै कुरा रुपान्तरित हुन सकिदैन । जति र जसरी मैले बुझ्नु पथ्र्यो, त्यो मैले पनि गर्न सकिनँ होला । सबैको सबै प्रतिभा र अनुभव थाहा पनि हुँदैन । म पनि माओवादीबाट एक्लै निस्केको थिएँ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकताका लागि गहन संवाद भएका छन् भनिएको छ । यहाँले आफ्नो पार्टीका तर्फबाट राजनीतिक संवाद समिति पनि बनाउनु भएको छ ।संघीय समाजवादी लगायतका विभिन्न पक्षसँग संवाद भइरहेको छ । केही समय पहिला गंगा चौधरी आउनु भयो । दानबहादुर चौधरी आउनु भयो । सुशासन महाअभियान भन्ने युवाहरुको समुह आयो । मजदुरहरुको समुह आयो । हालै सकिएको यहाँको पार्टीको केन्द्रीय अन्तरिम परिषद्को वैठकमा नयाँ बर्षमा नयाँ र खुसीको खवर सुन्न पाउन सक्नुहुन्छ भनेर तपाईंले भन्नुभएको थियो । त्यसलाई तपाईंको पार्टीको धेरै नेता–कार्यकर्ताले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताको सन्र्दभसँग जोडेर हेरेका थिए । यो अर्थमा एकता निकट देखिन्छ भन्न सकिन्छ ? मैले त्यस्तो भनेको छैन । आगामी दिनमा धुब्रीकरण झन तिब्र गतिमा हुने छ । सुखद खवर आउने छ भनेको हो ।मैले हिजो मात्र प्रधानमन्त्री प्रचण्डसँग अन्तर्वार्ता गरेको थिएँ र नयाँ शक्तिसँग चुनावी तालमेलवारे जान्न खोजेको थिएँ । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र र नयाँ शक्तिवीच चुनावी तालमेलको सम्भावना रहने बताउनु भएको छ । आजका दिनमा तपाईं यो सम्भावना देख्नुहुन्छ ? तपाईं र मोहन वैद्य किरण आन्दोलनमा सँगै देखिनु भएको छ । किरणको चुनावी मोर्चाले चुनावमा भाग लिने बताएको छ, तपाई के ठान्नुहुन्छ, उहाँहरुसँग तालमेलको सम्भावना रहन्छ ? सबैसँग समदुरी सम्बन्ध छ । काँग्रेस,एमाले र प्रचण्ड माओवादीसंग समदुरी हुन्छ । यी सबै पुराना शक्तिहरु नै हुन । पुराना शक्ति संग तालमेल गर्ने संयुक्त मोर्चा बनाउने भन्ने हुदैन । यी सबै शक्तिहरुका साइन बोर्ड मात्र फरक हुन् । कार्यगत एकता हुन सक्छ । वैद्यजीले फरक निर्वाचनमा भाग लिने भनेको छ । हेराँै कस्तो निति लिनु हुने छ । निर्वाचनको परिणमको परिणामाको आकलन गर्न सकिन्छ ? यो अहिले नै भन्नु गलत हुन्छ । निर्वाचनको वातावरण बनाउनु पर्छ । हामीले ७ वटा कुरा अगाडि सारेका छाँै । तर, यहाँ पुन संरचना नगरे निर्वाचन गराइदैछ । संरक्षित क्षेत्र निर्धारण भएको छैन । चेपाङहरुको बाहुल्य क्षेत्र अथवा संरक्षित क्षेत्र बनाउनु पथ्र्यौ, म त्यहीँ निर्वाचन क्षेत्रको व्यक्ति हुँ । निर्वाचनको वातावरण बनाउन संयुक्त सरकार बनाउनु पर्छ । निर्वाचनमा हुने खर्चलाई नियन्त्रण गर्न सरकारले मापदण्ड बनाएर खर्च दिनु पर्छ । संघर्षका कार्यक्रम गर्दा निर्वाचनमा समस्या हुन्छ नि ? संघर्ष सहित निर्वाचनको तयारी गरेका छौँ । जनताको मुद्धाहरु उठाउनु भनेको राजनीतिक मुद्धाहरु नै हुन । निर्वाचन सम्बन्धित मुद्धाहरु नै हुन् । पार्टी घोषणाको एक बर्ष भयो, यो एक बर्षमा चाहेर पनि गर्न नसकेको काम के हो ? हामीले धेरै ठूलो कामको सुरुवात गरेका हौँ । विश्व परिवेशमा एक्काइसौ शताब्दीमा नेपालका परम्परावादी शक्ति भन्दा भिन्न हुने काम गरेका हौँ । राष्ट्रिय र अन्र्तराष्ट्रि परिस्थितिमा तालमा ताल मिलाएर अगाडि बढीरहेका छाँै । म यो एक बर्षको कामबाट खुशी छु । नयाँ राजनीतिक संस्कृति स्थापना गर्ने योजना हो । यसमा उतारचढाव हुन्छ । दुर्घटना हुन्छ । यसलाई पचाएर जानु पर्छ । यसबाट नै राम्रो बन्ने हो । राम्रो हुनु र ठूलो हुनु फरक हो । निर्वाचन जित्न ठूलो हुनु पर्छ । यसकारण यो एक बर्षको समयमा म सन्तुुष्ट छु ।स्रोत : रातो पाटि

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger