Latest Updates :

यी हुन् सुन्दर देश नेपाल छाडेर अमेरिका भासिएका नेपाली अभिनेत्रीहरु !

SHARE THIS POST :
नेपाली फिल्म जगतका धेरै अभिनेत्रीहरु अमेरिकामा रहेका छन् । कुनै समय ठुलै चर्चा कमाएका नेपाली अभिनेत्रीहरु एकाएक अमेरिका भासिएका थिए । नेपाली फिल्मबाट सोचेजस्तो प्रगति गर्न नसकेपछि भविष्य सुनिश्चित गर्न पनि उनीहरु अमेरिका भासिएको बेलाबेलामा मिडिया रिपोर्टहरु आउने गर्छन् ।
उनीहरु अमेरिकाका विभिन्न राज्यमा बस्दै आइरहेका छन् । आउनुहोस् कुनै समयका नेपाल चर्चित अभिनेत्रीहरु अमेरिकाको कहाँ बस्छन् ?
कृष्टि मैनाली
नेपाली फिल्ममा कुनै समय आफ्नो अदाकारिताका लागि चर्चित थिइन् कृष्टि मैनाली । उनी परिवारकासाथ न्युर्योक राज्यमा बस्दै आइरहेकी छिन् । मिडिया रिपोर्टका अनुसार अमेरिकामा रहेता पनि नेपाली फिल्मसँग सम्बन्धित मानिसहरुको सम्पर्कमा भने उनी छैनन् ।
पुजा चन्द
नेपाली फिल्मलाई एक्कासी माया मारेर अमेरिका भासिने अभिनेत्री हुन् पुजा चन्द । उनी बाल्टीमोरमा परिवारका साथ व्यवसाय सञ्चालन गरेर बस्दै आइरहेकी छिन् ।
बाल्टीमोरमा बस्ने अन्य कलाकारहरुमा सारंगा श्रेष्ठ, रिचा शर्मा अरुणिमा लम्साल रहेका छन् । बाल्टीमोरमा बस्ने नेपाली कलाकारहरु अन्य कलाकारहरुभन्दा सक्रिय रहेका छन् । बाल्टीमोरमा नेपालीहरु कलाकारहरुको संख्या बढी भएका कारण पनि उनीहरुको सक्रियता बढी भएको अनुमान लगाउन सकिन्छ ।
सारंगा श्रेष्ठले अमेरिका नृत्य कक्षा सञ्चालन गर्दै आइरहेकी छिन् ।
जल शाह
नेपाली सिने जगतकी अर्की लोकप्रिय नायिका अमेरिकाको साल्ट लेक सिटीमा बस्दै आइरहेकी छिन् । करिब १० वर्षदेखि युटामा बस्दै आइरहेकी जल शाहले बेलाबेलमा सास्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गर्छिन् ।
अनुपमा
फिल्म के भो लौ न नी, रणभुमि जस्ता केही फिल्महरुमा अभिनय गरेकी अभिनेत्री भर्जिनिया राज्यमा आफ्नो परिवारका साथ बस्दै आइरहेकी छिन् ।
उषा पौडेल
केही समय बाल्टिमोरमा बस्दै आइरहेकी उषाले नायक सुधाम्सु जोशीसँग विवाह गरेकी थिइन् । हाल उनी सुधाम्सु बसिरहेको भर्जिनिया राज्यमा बस्दै आइरहेकी छिन् ।
सज्जा मैनाली
कमेडियन स्वर्गीय गोपल राज मैनालीकी छोरी सज्जा मैनाली पेनसल्भिनियामा बस्दै आइरहेकी छिन् । सज्जा पनि त्यति धेरै फिल्मकर्मीहरुको सम्पर्कमा छैनन् ।
युना उप्रेती
पर्खि बसे फिल्मबाट एकाएक चर्चाको शिखर चुमेकी अभिनेत्री युना टेक्सस राज्यमा आफ्नो श्रीमान्सँग बस्दै आइरहेकी छिन् ।
निष्ठा मल्ल शाह
कुनै समयको लोक प्रिय कार्यक्रम गिताञ्जीकी सञ्चालिक तथा फिल्म अभिनेत्री निष्ठा शाह मल्ल बोस्टन राज्य बस्दै आइरहेकी छिन् ।
रञ्जना शर्मा
न्युर्योक
सौजन्य सुब्बा
पेनसल्भिनिया
बिनिता बराल
ओहायो
नन्दिता केसी
न्युर्योक
लामो समय अमेरिका बसेर फर्कने नेपाली कलाकार हुन् गौरी मल्ल र करिश्मा मानन्धर । करिश्मा मानन्धर राजनीतिमा लागेकी छिन् । उनी नयाँ शक्ति पार्टीकी नेतृ हुन् । त्यस्तै गौरी मल्लले भने अभिनय यात्रालाई पुन निरन्तरता दिएकी छिन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger