Latest Updates :

भारतीय सेनामाथि पाकिस्तानबाट कश्मिरमा आक्रमण, ३ को मृत्यु

SHARE THIS POST :

१४ वैशाख, एजेन्सी। भारतको कश्मिर स्थित एक भारतीय सैनिक क्याम्पमा अतिवादीहरुले आक्रमण गरेका छन्। आक्रमणमा परि ३ भारतीय सैनिकको ज्यान गएको छ।
कश्मिरको कुपावाडा जिल्ला भएको आक्रमणमा सेनाको प्रतिकारमा २ अतिवादीहरुको पनि ज्यान गएको छ।

बिहिबार बिहान अतिवादीहरुले सेनाको क्याम्पमा आक्रमण गरेका हुन। सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले यसलाई ‘सरप्राइज अट्याक’ बताएका छन्।

कुपावाडाको यो सैन्य क्याम्प नियन्त्रण रेखा नजिक रहेको बताइएको छ। ६ अप्रिलमा श्रीनगरमा उपचुनावको क्रममा भड्किएको हिंसा पश्चात यो आक्रमण भएको हो। यो उपचुनावमा केवल ७ प्रतिशत मतदान भएको थियो, तर सुरक्षाबलसंग झडप हुँदा कम्तीमा १० जना मारिएका थिए।

उपचुनावको यस्तो हिंसा पश्चात कश्मिरमा तनाव उच्च छ। भारत सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ। विरोध प्रदर्शनको डरले स्कूल र कलेज पनि बन्द छन्।

अघिल्लो वर्ष भारतीय कश्मिरको उडीमा सेनाको क्याम्पमा यस्तै एक आक्रमण भएको थियो जसमा १९ सैनिक मारिएका थिए।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger