Latest Updates :

आजबाट सुटिङ सुरु हुन लागेको ‘छक्का पञ्जा २’ टिमलाई धुर्मुसको बधाई

SHARE THIS POST :
काठमाडौं, १४ वैशाख । कलाकार सीताराम कट्टेल धुर्मुसले आजबाट सुटिङ सुरु हुन लागेको ‘छक्का पञ्जा २’ टिमलाई पूर्ण सफलताको शुभकामना दिएका छन् ।धुर्मुसले बिहीबार बिहान फेसबुकमार्फत निर्देशक दीपाश्री निरौला, दीपकराज गिरी, शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा, किरण केसीलाई पूर्ण सफलताको शुभकामना दिएका हुन् ।यसअघि ६ एकान ६ र वडा नम्बर ६ मा संलग्न रहेका कलाकार धुर्मुस ‘छक्का पञ्जा २’ मा भने आबद्ध छैनन् । केही दिनअघि निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा २’ मा धुर्मुस र निर्मल शर्मा गैंडाको संलग्नता नरहने जानकारी गराएका थिए । आगामी असोजमा प्रदर्शनको मिति तय भएको ‘छक्का पञ्जा २’ मा संगीतकार राजनराज शिवाकोटी पनि नरहने भएका छन् ।

निर्मल शर्मा आफैंले निर्माण निर्देशन गरेको ‘टेन टु फाइभ’ टेलिशृंखलामा व्यस्त छन् । जुन टेलिशृंखला एपीवान टेलिभिजनबाट प्रदर्शनमा आइरहेको छ । यसैगरी, धुर्मुस भने नयाँ चलचित्र निर्माणमा जुटेका छन् । हालै मात्र महोत्तरीको बर्दिवासमा मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरेका धुर्मुसले ‘मिनी नेपाल’ निर्माण गर्ने योजना अघि सारेका छन् । सँगसँगै उनी आफ्नै ब्यानर ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत नयाँ चलचित्र निर्माणको तयारीमा रहेको बुझिएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger