Latest Updates :

मंगलबार विहानै सुनसरीको लौकही २ स्थित घरबाट खेत निस्किएकी किशोरी अज्ञात समुहले सामुहिक बलात्कारपछि हत्या

SHARE THIS POST :

मंगलबार विहानै  सुनसरीको लौकही २ स्थित घरबाट खेत निस्किएकी किशोरी अज्ञात समुहले सामुहिक बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी छिन ।


सिंहेश्वर यादवकी १५ वर्षीया छोरी राधाकुमारी यादव नरसिह ८ स्थित  बिहान ६ बजे गएकी थिइन । उनलाई खेतमा यौन पिपासुहरुको एक समुहले नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरी पासविक रुपमा हत्या गरेको लौकही गाविसका पूर्व अध्यक्ष देवकृष्ण यादवले बताए ।


बिहान राधा खेततर्फ जादाँ आफ्नै मोवाईलमा कुराकानी गर्दै गएको स्थानीयवासीहरुले देखेका थिए । पछि उनलाई स्थानीयहरुले नग्न अवस्थामा घाँटीमा सलले बाधी हत्या गरेको अवस्था भेटेका थिए
खेतमा लछारपछार गरिएको तथा यौन पिपासुहरुको खुट्टाको पैतालाको डाम घटना स्थलमा देखिएको, किशोरीको एउटा खुट्टामा मात्र कपडा सोरिएको अवस्थामा मृत शरिर भेटिएकाले घटना सामुहिक बलात्कार पछाडि भएको गाँउलेहरुले अनुमान लगाएको देवकृष्ण यादवले बताए ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले  खेतमा मृत अवस्थामा भेटिएकी किशोरीको हत्या रहस्यमय देखिएकाले प्रहरीले गम्भिरतापुर्वक घटनाको अनुसन्धान सुरु गरेको बताउदै अपराधमा संग्लनलाई प्रहरीले छिट्टै पक्राउ गर्ने विश्वास ब्यक्त गरे ।


लौकहीको रानी मावीमा कक्षा ८ मा अध्ययनरत राधाको बलात्कारपछि हत्या भएको घटनाबाट अभिभावकहरुले हुर्केका छोरी चेलीलाई घर बाहिर पठाउन त्रसित भएको लौकहीका सुन्दर यादवले बताए ।


दुई साता अगाडि सुनसरीको जल्पापुर ९ की ३० वर्षिय तारा ऋषिदेवलाई उनका प्रेमीले बलात्कारपछि हत्या गरि नहरको डिलमा लाश घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger