Latest Updates :

म यस्तो गीत गाउँछु’को गीत रिलिज, पुजाले सुने पलले आफ्नो मनको कुरा सुनाउने

SHARE THIS POST :
फिल्मकी लिड हिरोईन पूजा शर्माको ह्याप्पी बर्थडेको अवसर पारेर ‘म यस्तो गीत गाउँछु’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आईतवार राजधानीमा नायिका पुजा शर्माको बर्थडेको अवसरमा फिल्मको ‘भन्छु आज’ बोलको प्रेमगीत सार्वजनिक गरिएको हो । गीतको भिडियो उत्कृष्ट बनेको छ । त्यस्तै, नायिका पूजा शर्मा र पल शाहको केमेष्ट्री झन लोभलाग्दो छ ।
लोकेशन, सम्पादन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनेको भिडियोबाटै फिल्मको मेकिङ स्पष्ट झल्किन्छ । सुदर्शन थापाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत छ । सुगम पोख्रेल र अन्जु पन्तको वजनदार आवाज समाबेश गीतले बजार पिट्नेमा शंका छैन् । गीतको भिडियो हेरिरहँदा धेरै दृश्यहरुले फिल्म ‘प्रेमगीत’ को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आभाष गराउँछ । पल र पूजालाई गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले नचाउन सिकाएका हुन् ।
पूजा र पलका अलवा फिल्म ‘म यस्तो गीत गाउँछु’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।
यो फिल्म बर्ष २०७२ मा रिलिज भएको सुपरहिट फिल्म ‘प्रेमगीत’ को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बाट सापटी लिएर निर्माण गरिएको हो । ‘प्रेमगीत’ मा नायिका पूजा शर्माको जोडी प्रदीप खड्कासँग बाँधिएको थियो । ‘प्रेमगीत’ लाई निर्देशक सुदर्शन थापाले नै निर्देशन गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger