Latest Updates :

#Breaking_news : नेपालका लागि आयो अत्यत दुखद खबर : बीबीसीका अनुसार नेपालमा ७.८ रेक्टरको भूकम्प आउन सक्ने : ५० हजारको ज्यान जानसक्ने

SHARE THIS POST :
काठमाडौं । नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ ।

बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ ।
विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो ।

सुन्नुहोस् बीबीसीको यो रिपोर्ट :-
सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ ।

यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ ।

(यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।)


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger