Latest Updates :

हरेक बिबाहीत महिलाले एकपटक पढ्नै पर्ने कुराहरु साबधान <<पटक-पटक गर्भ तुहिने गर्छ ?. डा .विनय रेग्मी यस्तो भन्नुहुन्छ उहा ग्रान्डी अस्पतालमा कार्यरत हुनुहुन्छ |

SHARE THIS POST :

शरीरका विभिन्न अंगमा रगत जम्ने समस्या भएकाहरुलाई देखापर्ने एउटा रोग हो, 'एन्टिफोस्फोलिपिड सिन्ड्रोम'। यो एक प्रकारको बाथ रोग हो। तर, रगत जम्ने समस्या हुँदैमा यो रोग भइहाल्छ भन्ने हुँदैन। नशाहरुमा वा शरीरको कुनै भागमा रगत जम्ने समस्या भएमा तुरुन्तै परीक्षण गर्नुपर्छ। नशामा रगत जम्नु जटिल समस्या हो।

रगत जम्न गई हुने एन्टिफोस्फोलिपिड सिन्ड्रोमले शरीरका महत्वपूर्ण अंगलाई असर पार्न सक्छ। त्यसमध्ये एक हो, महिलाको गर्भमा बच्चा नअडिने समस्या। महिलाको गर्भ तुहिनुको एक प्रमुख कारणमध्ये पर्छ एन्टिफोस्फोलिपिड सिन्ड्रोम। तर, गर्भमा बच्चा नअडिनुको कारण यही एउटा मात्र भने हुँदैन। कहिलेकाहीँ  'प्रिएक्लाम्सिया' र 'एक्लाम्सियाका' कारण बच्चा तुहिन सक्छ भने केहीमा वंशाणुगत कारणले पनि बच्चा खेर गएको हुन सक्छ। त्यस्तै, थाइराइडको समस्या, पाठेघरको समस्या, नालमा हुने रक्त सञ्चारमा गडबडी आदि कारणले पनि बच्चा नअडिएको हुन सक्छ।

बच्चा किन खेर जान्छ भनेर कारण पत्ता लगाउन जाँचहरु गर्नुपर्ने हुन्छ। सबै ठिक हुँदाहुँदै पनि एक वा एकभन्दा बढी गर्भ तुहिने समस्या भएको छ भने एन्टिफोस्फोलिपिड सिन्ड्रोमका कारण हुन सक्ने सम्भावना प्रवल हुन्छ। एन्टिफोस्फोलिपिड सिन्ड्रोमका कारण गर्भ तुहिएको हो वा होइन भन्ने पत्ता लगाउन रगतमा हुने 'एन्टीबडी'को जाँच गराउनुपर्ने हुन्छ।

रगत जम्ने समस्या भएका १० प्रतिशतलाई एन्टिफोस्फोलिपिड सिन्ड्रोम हुने गर्छ।  त्यस्तै, सिस्टमिक लुपस इरेथोम्याटस (एसएलई) बाथ रोग भएका ४० प्रतिशतमा यो रोग देखा पर्छ। त्यसैगरी, रियुम्याटाइड अर्थाइटिस नामक वाथ रोग भएका २० प्रतिशतमा यो समस्या देखिन सक्छ।

यस्ता बिरामीले पनि यो रोगबारे समयमै परीक्षण गराउनुपर्ने हुन्छ। कहिलेकाहीँ दिमागमा रगत जम्नु र पक्षघात हुनु पनि एन्टिफोस्फोलिपिड सिन्ड्रोमका कारण हुन सक्छ। सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा रगतमा हुने रोग प्रतिरोधात्मक क्षमता (एन्टीबडी) को जाँच गर्नुपर्ने हुन्छ। बारम्बार रगत जम्ने समस्या भएकाहरुलाई मेडिकल भाषामा 'भेनस थ्रोम्बोसिस' भनिन्छ, र त्यो एन्टिफोस्फोलिपिड सिन्ड्रोम  पनि हुन सक्छ।

लक्षण र परीक्षण

एन्टिफोस्फोलिपिड सिन्ड्रोम भएका बिरामीको रगत नलीहरुमा जमेर रक्त सञ्चारको प्रवाह रोकिन्छ। यसले सम्बन्धित अंगमा रगत नपुगेर अंगलाई बिगार्न सक्छ। खुट्टाका नशामा रक्त सञ्चार नभएर खुट्टाका औलाहरु निलो हुने, झम्झमाउने र औँला झर्ने पनि हुन सक्छ। त्यस्तै, मिर्गौलामा रगत नपुग्दा मिर्गौला फेल हुन सक्छ। गर्भवती महिलामा एक वा सोभन्दा बढी समय गर्भ नबस्ने वा पेटमै बच्चाको मृत्यु हुनेगर्छ। १० हप्ताभन्दा बढीको गर्भ तुहिएमा यो रोगको जाँच गराउनुपर्ने हुन्छ। यसैगरी, बच्चा तुहिने समस्या एक वा त्योभन्दा बढी पटक भएमा एन्टिफोस्फोलिपिड सिन्ड्रोमको जाँच गराउन एन्टीबडी परीक्षण गर्नुपर्छ।

१. 'लुपुस एन्टिकोगुल्यान्ट' रगतमा १२ हप्ताको बीचमा २ पटक पोजेटिभ हुनुपर्छ। २. एन्टी कार्डियोलिपिन एन्टीबडी।

३. एन्टी बिटा ग्लाइको प्रोटिन एन्टीबडी।

'क्याटास्ट्रोफिक एन्टिफोस्फोलिपिड सिन्ड्रोम'मा भने ज्यानै जाने खतरा हुन्छ। धेरै नशामा एकैपटक रगत जम्ने र तिनले निम्त्याउने लक्षण पनि डरलाग्दा हुन्छन्। यसले पक्षघात हुन सक्छ भने रगत जम्नाले सम्बन्धित अंगमा रक्तसञ्चारको कमी भएर मिर्गौला अचानक बिग्रिने, आन्द्राभित्र कालोहुने, अत्याधिक पेट दुख्ने, हातखुट्टाका औँला काला भएर झर्नेजस्ता समस्या पनि आउन सक्छन्।

रगतमा एन्टीबडीहरु पोजेटिभ देखिएका छन् भने बाथरोग र स्त्रिरोग सम्बन्धी डाक्टरसँग निरन्तर निगरानीमा बस्नुपर्छ। एन्टिफोस्फोलिपिड सिन्ड्रोमले कति असर गरेको छ भनेर बायस्पी गरेर पनि हेर्न सकिन्छ। महिलाको पहिलो बच्चा हो र १० हप्ताभन्दा अगाडि गर्भ खेर गएको छ भने उपचार गराउन जरुरी छैन। तर, एक वा त्योभन्दा धेरै पटक गर्भ नअडिएको हो र १० हप्ता पुगिसकेपछि बच्चा खेर गएको भएमा जाँच गराउनुपर्ने हुन्छ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger