Latest Updates :

को हुन् गुण्डा नाइके दावा लामा ? जसलाई छुटाउन सांसद नै हनुमानढोका पुग्थे ! यसरी हानेको रहेछ गोली (भिडियो सहित)

SHARE THIS POST :
नेपाल प्रहरीले नयाँ आईजीपी पाएकै भोलिपल्ट काठमाडौंमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भयो । यो संयोगमात्र हो तर, काठमाडौंमा पछिल्लो सयम गुण्डा नाइकेहरुको गतिबिधि बढ्न थालेको छ ।
छबिलाल जोशी बन्जाडे काठमाडौं प्रहरीको प्रमुख भएर आएलगत्तै गुण्डा नियन्त्रण गर्ने यसअघिका एसएसपी विक्रमसिंह थापाको अभियानलाई अझ कसिलो बनाउने भनेका थिए । तर, उनी आएपछि गुण्डा नाइके राम गिरी र दावा लामाबीच ठमेलमै दोहोरो भिडन्त भयो ।
सोही भिडन्तको निरन्तरता हो, सोमबार गौरीघाटस्थित दिव्य पार्टी प्यालेसमा भएको गोलीकाण्ड । ठमेलमा राम गिरीमाथि दावा लामाले आक्रमण गरेका थिए । गौरिघाटमा दावामाथि राम गिरी समूहले नै आक्रमण गरेको प्रारम्भिक अनुमान छ ।
ठमेल काण्डमा प्रहरीले दावालाई ज्यान मार्ने उद्योगमा पक्राउ गरेको थियो भने राम गिरीलाई सार्वजनिकस्थलमा होहल्ला गरेर शान्ति सुरक्षमा चुनौती दिएको भन्दै सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । उनीहरु दुवै राजनीतिक पहुँचबाट छुटे ।
दावा लामालाई काभ्रे क्षेत्र नम्बर १ का कांग्रेस सांसद तीर्थ लामाले छुटाएका थिए । उनी यसअघि पनि गुण्डा नाइके दावालाई छुटाउन हनुमान ढोकामा प्रहरी कार्यालय पुगेका थिए । सांसद लामा आफैं पनि गुण्डा नाइकेबाट शेरवहादुर देउवा निकट हुँदै सांसद बनेका हुन् ।
यसरी हानिएको थियो गोलि सिसिटिभी फुटेज (भिडियो)

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger