Latest Updates :

हिँडेर अमेरिका जानेको कथालाई ५ करोड लागानी

SHARE THIS POST :

काठमाडौं– पछिल्लो समय नेपालमा ठूला बजेटमा नेपाली चलचित्रहरु निर्माण हुन थालेका छन् । कुनै समय २०÷३० लाख लगानी गर्न निकै धौ–धौ परेका नेपाली चलचित्र निर्माताहरु यतिखेर करोडमा काम गर्दापनि सामान्य सम्झिएका छन् । नेपाली चलचित्रको बजार फस्टाएसँगै निर्माताहरु लगानीमा पनि अघि सरेका हुन् ।

यसैबीच नेपालमा पहिलो पटक ५ करोड लगानीमा निर्माण हुने चलचित्रलाई निर्मात्री सर्मिला पाण्डेले लगानी गर्दैछिन् । शुक्रबार राजधानीका एक कार्यक्रम आयोजना गरि यस्तो घोषणा गरिएको हो । लचित्रको नाम भने अहिले नै तय नभइसकेको र अन्य केही कलाकार भने तय गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचत्रिलाई दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने मुख्य कलाकारमा खगेन्द्र लामिछाने रहनेछन् ।  निर्मात्री सर्मिलाले यो भन्दा पहिले ‘लभ लभ लभ’ चलचित्र निर्माण गरिसकेकी छिन् । उक्त चलचित्रलाई पनि खनालले नै निर्देशन गरेका थिए । महंगो बजेटमा बन्न लागेको यो चलचित्रमा पनि निर्देशक खनालकै कथा रहने छ ।

चलचित्रको कथा तयार भइसकेको छ तर नाम भने तय गर्न सकेका छैनौँ । मनमा धेरै नाम त आएका छन् तर, कुन राख्ने भन्ने अन्योलमा छौँ । छिट्टै नाम तय हुन्छ निर्देशक खनालले बताए ।’ उनले भने, ‘हिँडेर अमेरिका जाने तीनजना नेपालीको कथामा चलचित्र निर्माण हुनेछ । मलाई लाग्छ कुनै पनि देशले यस्तो नौलो चलचित्र बनाएका छैनन् ।’



SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger