Latest Updates :

प्रचण्ड–सीताले फेरि देखाए ‘पावर’, छोरीलाई मेयरको टिकट

SHARE THIS POST :

१० वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयर पद पदमा उम्मेदवार बनाउने निर्णय गरेका छन् । मतदाता सूचीमा रेणु भरतपुर महानगरपालिको बासिन्दा हुन् । ‘

मलाई पार्टीले भरतपुर महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ’, काठमाडौंबाट चितवन प्रस्थान गहेकी रेणुले भनिन् । २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ मा कांग्रेसका नेता प्रकाशमान सिंहसँग नराम्रोसँग पराजित भएकी रेणले बाबुको गृह जिल्ला ताकेकी हुन् । रेणु माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव हुन् । २०३३ सालमा चितवनको शिवनगरमा जन्मिएकी रणुको बाल्यकाल र पढाई चितवनमै भएको

थियो । एसएलसी परिक्षा दिने वित्तिकै उनको अर्जुन पाठकसँग विवाह भएको थियो । उनका दुई बच्चा छन् । स्रोतका अनुसार रेणुकी आमा सीता दाहालले जसरी पनि चितवन महानगरपालिकाबाट जिताउन दवाद दिएकी छिन् । रेणुलाई टिकट दिनका लागि शनिबार दिनभरि बालुवाटारमा बाबु, आमा र दिदीसँग कुराकानी भएको थियो । मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठक चलिरहेका बेला शनिबार साँझ रेणु दाहाललाई आमा सीता दाहालले आफ्ना गाडीमा राखेर छाड्न गएकी थिइन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger