Latest Updates :

मलेसियामा मृत्युदण्ड जितेर फर्किए एक नेपाली

SHARE THIS POST :
सुदिप निउरे, क्वालालम्पुर, बैशाख ७-
मलेसियामा मृत्युदण्ड माग गरिएका सिन्धुपाल्चोकका लालबहादुर तामांग निर्दोष सावित भएका छन् । मलेसियान नागरिकको हत्या आरोप लागेका सिन्धुपाल्चोक किमे ९ गुन्थागंका लाल बहादुर तामांगले १७ महिना पछि सफाई पाएका हुन् ।

अशोक लामा नामले चिनिने लालबहादुरलाई मलेसियास्थित नेपाली दुतावासको पहलमा बुधबार नै घर फर्काई सकिएको छ । सुरक्षागार्डको काम गर्ने तामांग माथी भारतीय मुलका एक मलेसियन नागरिक मुथुभेलु  अन्नालक्की गोबिन्दनको हत्या गरेको आरोप लागेको थियो ।

मृतक परिवारले मलेसियाको पेनल कोटमा मुद्धा दायर गरि तामांगलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै आएका थिए । नेपाली राजदुतावासको कानुनी परामर्श दातृ खरेनजित कौर मार्फत हेड अफ दि स्टेट पब्लिक प्रोसेक्टरमा तामांग माथीको मुद्धा झुठो भएको माग दाबी गरिएको थियो ।

उच्च अदालत शाहलममा गएको मार्च ८ मा तामांगको मुद्धामा गरिएको बहसपछि उनी निर्दोश साबित भई घर फर्किन सफल भएको मलेसियास्थित नेपाली राजदुत निरंजनमानसिंह बस्न्यातले जानकारी दिए ।

यस्तै मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीलाई एकैसाथ घर फर्काएको छ । नेपाल सरकारबाट उपलब्ध बजेटबाट हवाई टिकट खरिद गरि उनिहरुलाई पठाईएको यहांस्थित राजदुतावासले जनाएको छ ।

हेर्नुहोस् लिष्ट
केहि दिन अघिमात्रै बुकिट जलिल क्याम्पबाटनै अत्यन्तै जटिल अबस्थामा रहेका देउराली ६ नुवाकोटका बिफ लामासंगै हरिहरपुर १ सिन्धुलीका लिला भोलन सोही क्याम्पमा रहेका अन्नपुर्ण ६ भोजपुरका जयकुमार खवासलाई दुतावासले उद्धार गरि घर फर्काएको हो । यस्तै केडाह घरफिर्ति केन्द्रबाट देबिगंज ८ झापाका पदम बहादुर तामांग, बोधे ३ धनकुटाका धिरेन्द्र याख्या र ढोरफिर्दि ७ तनहुका कमल भुजेललाई पनि उद्धार गरि घर फकाईएको यहांस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । घरफिर्ती केन्द्रमा रहेकालाई नेपाल फर्काउने कार्य निरंन्तररुपमा जारी राख्ने दुतावासले जनाएको छ ।


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger