Latest Updates :

मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरोमा परी चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएका छन् ।

SHARE THIS POST :
मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरोमा परी चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएका छन् । एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको चितवन प्रहरीले जनाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली घटनास्थल पुगेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger