Latest Updates :

राप्रपाबाट पनि धोका भो भन्दै राप्रपा छोडेर माओवादी केन्द्रमा नै फर्किने सोच्चमा पुगिन् रेखा

SHARE THIS POST :
लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयर बन्ने चर्चामा रहेकी अभिनेत्री रेखा थापा चर्चामै सीमित भएकी छिन । उनलाई राप्रपा नेपालले उपमेअर मा सिफारिस नगरे पछि उनि नेताहरु संग फाएर भएकी छन् ।

राप्रपा केन्द्रीय सदस्य समेत रहेकी थापालाई यसअघि राप्रपाले काठमाडौंको उप मेयरमा उठाउने बताएको थियो । तर पार्टीको काठमाडौं जिल्ला कार्य समितिले उनलाई सिफारिस नै गरेन काठमाडौँ जिल्ला कार्यसमितिले उपमेयरको उम्मेदवारमा रेखा थापाबाहेक अरु पाँचजना महिला उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले उपमेयरको उम्मेदवारमा सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरेको छ ।


राप्रपाले उम्मेदवारीका लागि सम्बन्धित तहबाटै सिफारिस हुनुपर्ने नियम बनाएको छ । जिल्ला समितिकै सिफारिसमा नअटाएपछि काठमाडौंमा उप मेयरका लागि चुनाव लड्ने रेखा थापाको सपना सपनामै सीमित भएको छ । महानगरपालिकाको मेयरका लागि भने राप्रपाले पूर्व पार्टी प्रवक्ता राजाराम श्रेष्ठको नाम सर्वसहमतिबाट यसअघि नै सिफारिस गरिसकेको थियो ।

यसरि नेताले बोलि फेरेपछि रेखा अब राप्रपा छोड्ने मनस्थितिमा पुरेको उनका निकट स्रोतले बताएका छन् ।


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger