Latest Updates :

वि.सं. २०७४ साल वैशाख १२ गते। मंगलबार। इश्वी सन् २०१७ अप्रिल २५ तारिख।

SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा उठाउँदा पछि हानि हुन सक्छ। (नेपाली पात्रो)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन आदिमा सामान्य फाइदाकै समय छ। तर मनग्य आम्दानी नहुनाले आजको लाभांश सञ्चय नहुन सक्छ। रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। पदासीन व्यक्तिहरूसँग संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
चिताएका काममा बाधा उत्पन्न हुन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। व्यवसायलाई भने निरन्तरता दिन सकिनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। धैर्य एवं विवेकले काम लिने चेष्टा गर्नुहोला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्फूर्ति देखाउने बानीले समस्या निम्त्याउला। असंयम व्यवहारले शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको आलोचना गर्दा स्वयं समस्यामा परिएला। व्यापारमा समय दिन नसक्दा लाभांश कममात्र मिल्नेछ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा मनग्य समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू भेटिनाले काममा आत्मबल बढ्नेछ। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger