Latest Updates :

साहरा खोज्दै चार महिनादेखि युएईको अस्पतालमा देवीमाया

SHARE THIS POST :

१ अप्रिल, युएई । मुटु, कलेजो र मिर्गौलालगायत समस्याको उपचारका लागि युएईको एस्टर अस्पताल भर्ना भएकी एक महिला आर्थिक समस्यामा परेकी छन् । दिक्तेल नपा–६, खोटाङकी देवीमाया लामा आर्थिक समस्यामा परेकी हुन् । मुटु, कलेजो, मिर्गाैला र रगतको समस्याले एकसाथ सताइएकी श्रेष्ठको उपचारमा रकम अभाव भएपछि उनको परिवारले सबैसँग सहयोगको याचना गरेको छ ।

श्रीमान लोकेन्द्र श्रेष्ठले चार महिनाको अस्पताल बसाइका क्रममा उठेको १ करोड १२ लाख रुपैयाँ तिर्न र थप उपचार गर्न रकम अभाव भएको दुखेसो गरे । देवीमायाका श्रीमान लोकेन्द्रले अस्पतालको बिल तिर्न सके बाँकी उपचार नेपालमै गर्ने सोच भए पनि अस्पतालको बिल तिर्न नसक्दा स्वदेश फर्कने चाहना पूरा हुन नसकेको गुनासो गरे । उनले सहयोगी मन तथा संघ संस्थाहरुलाई दुबई इस्लामिक बैंकको खाता नं. ०११५२००८९२२९००१ मा रकम जम्मा गरेर वा ००ं९७१ ५६४७०८८०२ मा सम्पर्क गरेर सहयोग गर्न अपिल गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger