Latest Updates :

कुन ब्लड ग्रुपका मानिस हर्टअट्याकको बढी जोखिममा?

SHARE THIS POST :
एउटा अध्ययनले ‘ओ’ ब्लड ग्रुप भएकाहरुलाई हृदयाघात (हर्टअट्याक) हुने सम्भावना न्यून देखाएको छ। अनुसन्धानकर्ताले भनेका छन्, ‘ब्लड ग्रुप ए, बी र एबीमा रगत जमाउने प्रोटिनको स्तर बढी हुन्छ, त्यसैले हर्टअट्याक हुने सम्भावना पनि बढी नै हुन्छ।’ अनुसन्धानकर्ताले यो नतिजाबाट कसलाई हर्टअट्याकको सम्भावना धेरै छ भन्ने जान्न मद्दत पुग्ने बताएका छन्। युरोपियन सोसाइटी अफ कार्डियोलोजीको एक सम्मेलनमा यो अध्ययनको प्रतिवेदन प्रस्तुत गरिएको थियो। बेलायतका करिब १३ लाख मानिसमा अध्ययन गरेर निष्कर्षमा पुगेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। बेलायतमा ब्लड ग्रुप ‘ओ’ सबैभन्दा धेरैमा पाइन्छ। बेलायतमा ‘ओ’ ब्लड ग्रुप भएका ४८ प्रतिशत मानिस छन्। यसअघि भएका अनुसन्धानबाट ‘एबी’ ब्लड ग्रुप भएकाहरु हर्टअट्याकको जोखिममा रहेको देखिएको थियो। स्रोत स्वस्थ खबर पत्रिका

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger