Latest Updates :

‘बाहुबली २’ का सुपरस्टार प्रभास यस वर्ष विवाह बन्धनमा बाँधिदै -

SHARE THIS POST :
काठमाडौँ ।  विश्व चलचित्र बजारमा सर्बाधिक रुचाईएको चलचित्र बाहुबली २ सँगै अभिनेता प्रभास पनि चर्चाको शिखरमा छन्। आमीर, सारु खानको लेबल छोड्दै प्रभास नयाँ सुपरस्टार बनिसकेका छन्।

बाहुबलीमा प्रभासको अभिनयसँगै उनीप्रति आकर्षित हुनेको संख्या पनि अत्यधिक बढेको छ। तपाईलाई थाहा छ जो प्रति सारा दुनियाँ आकर्षित भएको छ उनी अब कोही कसैको बन्धनमा बाँधिने भएका छन्।

भारतीय संचारमध्यमका अनुसार प्रभास यहि वर्ष बिहे गर्दै छन्। तर प्रभासको जीवनमा आउनेवाली युवती न त चलचित्र क्षेत्रकी हुन् न उनको परिवार नै उनी त एक इन्जिनियरिङकी विद्यार्थी मात्रै हुन्। प्रभासको परिवारले तयार पोरेकी ति युवती उनी भन्दा १३ वर्षले कान्छी छन्। प्रभासकी हुनेवाली श्रीमतीको बारेमा अन्य जानकारी गोप्य रोखिएको छ।

यो खबर बारे प्रभास र उनका आफन्तले केही प्रतिक्रिया भने दिएका छैनन् । तर यो बाहुबलीको २ को सफलतामा बनाइएको अफवाह हो वा सत्य हो त्यो भने आउने समयले बताउला ।


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger