Latest Updates :

‘बाहुबली’ हेर्न प्लेन नै चार्टर्ड गरेर हलमा आए ४० जना -

SHARE THIS POST :
एजेन्सी । कटप्पाले बाहुबलीको किन मारेको भन्ने जान्न नचाहने सायदै कमै होलान् । बाहुबली फिल्मको यो राज जान्नको लागि ‘बाहुबली द कन्क्लुजन’ हेर्नेको भिड हलहरुमा देख्न सकिन्छ । तर यही राज जान्नको लागि प्लेन नै चार्टर्ड गरेर फिल्म हेर्न पनि आए भन्दा अचम्म नमान्नुहोस् ।

४० जना बंगलादेशी फ्यान बहुबाली फिल्म हेर्नकै लागि प्लेन चार्र्टर्ड गरेर कलकत्ता आएका हुन् । गत शुक्रबार देखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा एक पछि अर्को रेकर्ड तोड्दै गएको छ । प्लेन चार्टर्ड गरेर आएकाहरुले आफूहरु दुईवर्ष देखि बाहुबलीको प्रतिक्षामा रहेको बताएका छन् ।

४० जना मध्ये एकले इण्डिया टु डेसँग कुरा गर्दै कटप्पाले बाहुबलीलाई किन मारेका हुन् भन्ने उत्सुकताले नै प्लेन चार्टर्ड गरेर आएको बताएका छन् ।  मूल रुपमा तेलगू भाषामा बनेको बाहुबली हिन्दीसहित ६ भाषामा रिलिज भईरहेको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger