Latest Updates :

सामाजिक सञ्जालमा सेयर गरेको भिडियोले विवादमा मुछिइन् काजोल

SHARE THIS POST :

एजेन्सी ।फिल्ममेकर करण जोहरसंगको विग्रदो सम्बन्धलाई लिएर पछिल्लो समय चर्चामा रहेकी बलिउड अभिनेत्री काजोल फेरि विवादमा मुछिएकी छिन् । काजोलले सामाजिक सञ्जालमा आफ्नो एउटा भिडियो शेयर गरेपछि विवाद सिर्जना भएको हो ।

आफ्ना साथीहरुसंग पार्टी मनाइरहेकी काजोलले पार्टीको फेसवुक लाइभ गरेकी थिइन् । जसमा उनले पार्टीको लागी भैसीको मासु पकाएको बताएकी थिइन् । यहि विषयलाई लिएर उनी विवादमा तानिएकी हुन् । काजोललाई गाईको मासु खाएको आरोप समेत लगाईएको छ ।

उनले उक्त भिडियो सामाजिक सन्जालमा सेयर गरेको केहिक्षणमै हटाएकी थिइन् । विवाद चर्किदै गएपछि उनले ट्विट गर्दै प्रस्ट उक्त मासु गाईको नभई भैसीको भएको बताएकी छिन् ।

उनले ट्विटमा लेखेकी छिन्, साथीहरुसंगै खाना खाएको जुन भिडियो छ, त्यसमा मैले भैसीको मासु भनेकी थिए र त्यो भैसीको मासु नै थियो । बाह्य रुपमा यसको गलत प्रचार भएको मात्र हो । भैसीको मासु कानुनी रुपमा पनि उपलव्ध छ । यो एक संवेदनशिल मुद्धा हो । जसले धार्मीक विषयलाई उठाउन सक्छ । यो मुद्धामा म मुछिन चाहन्न ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger