Latest Updates :

वैज्ञानिक स्टिफन हकिंगको चेतावनीः ‘आफूलाई बचाउनु छ भने धर्ती छोड्नुहोस्’ वैज्ञानिक स्टिफन हकिंगको चेतावनीः ‘आफूलाई बचाउनु छ भने धर्ती छोड्नुहोस्’

SHARE THIS POST :

संसारका महान भौतिकशास्त्री भनिने स्टिफन हकिंगले आफूलाई बचाउनु छ भने सय वर्षभिच पृथ्वी छोडेर अन्य कुनै ग्रहमा जाने चेतावनी सम्पूर्ण मानवजातीलाई दिएका छन् । जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्ड ठोक्किँदा पैदा हुने स्थितीबाट बच्नका लागि यस्तो सल्लाह दिएका हुन् ।

बीबीसीको डकुमेन्ट्री ‘एक्पेडिशन न्यू अर्थ’ मा स्टिफन हकिंग र उनका विद्यार्थी क्रिस्टोफ गलबर्ड बाहिरी दुनियाँमा मानव जातीका लागि जीवनको खोजी गरिरहेको देख्न सकिन्छ
यसै डकुमेन्ट्रीमा हकिंगले मानव जाती यदि जिउँदो रहन चाहन्छन् भने अन्य कुनै स्थानमा जीवनको खोजी गर्नुपर्ने दाबी गरेका छन् । ‘द टेलिग्राफ’ का अनुसार यो कार्यक्रमको उद्देश्य बेलायतको सबैभन्दा उत्कृष्ट आविष्कारको खोजी गर्नु हो । यसमा मानिसहरुलाई कुन आविष्कारले उनीहरुको जीवन सबैभन्दा धेरै प्रभावित भएको छ भनेर प्रश्न सोधिन्छ ।

पछिल्लो महिना पनि प्राविधिक विकाससँग मिलेर मानवको आक्रमकता धेरै खतरनाक भएको छ । यही प्रवृत्ति परमाणु वा जैविक युद्धमार्फत हामी सबैको विनाश गर्नसक्छ । उनको भनाई अनुसार एक वैश्विक सरकार नै हामीलाई यसले बचाउन सक्छ ।

स्मरण रहोस्, स्टिफन हकिंग ७५ वर्षका छन् र मोटर न्यूरोन नामको रोगबाट पीडित छिन् । त्यसकारण उनी बोल्न सक्दैनन् र शारिरिक रुपमा असक्षम छन् । यद्यपी, इन्टेलको तर्फबाट बनाइएको एक विशेष मेसिनमार्फत उनी संसारलाई आफ्नो कुरा र आफ्नो आविष्कार पुर्याउँछन् ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger