Latest Updates :

नेपाल घुम्न आएका जोडीको दर्दनाक कथा : मेरी प्रेमिका खानै नपाएर मरिन, म ५५ दिनसम्म पानी खाएर बाँचे

SHARE THIS POST :

काठमाडौं : सुन्दर नेपाल घुम्ने सपना बोकेर नेपाल आएको एउटा ताइवानी जोडीको यात्रा दुःखद भएको छ । १९ वर्षीया प्रेमिका लिएर नेपाल आएका २१ बर्षीया ताइवानी युवकको बुधबार ५५ दिनपछि जीवितै उद्धार भएपछि यो दुःखद् खबर सार्वजनिक भएको हो ।
५५ दिनदेखि बेपत्ता ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनाको ओढारबाट जीवितै उद्धार गरिएको हो । उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने ओढोरमै केही खान नपाएर तीन दिनअघि मृत्यु भएको थियो। यो ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थियो ।

परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा भेटिएका हुन्।

५५ दिनदेखि बेपत्ता युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गर्न सफल भए ।

यो जोडी यात्राकै क्रममा त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेको थियो । धादिङबाट लाङटाङ जाने क्रममा तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपात फसेपछि वेपत्ता भएको उद्धारमा संलग्नले बताएका छन्।

बुधबार बिहान १० बजे भेटिएका पर्यटकलाई दिउसो २ः३० बजे सिम्रिक एयर मार्फत् काठमाडौ ल्याइएको हो। युवतीको मृत्यु खानै नपाएका कारण भएको युवकको भनाइ छ । रेस्क्यू गाइडका अनुसार ओढारमा फसेकाले युवक पानी खाएर बाँचेका हुन्।

लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमती लिएका यी जोडी बेपत्ता भएको भन्दै भारतमा रहेको ताइवान दूतावासले फागुन २० गते खोजी गरिदिन निवेदन गरेको थियो । यी दुई युवा युवती बिना गाइड ट्रेक हिँडेका थिए।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger