Latest Updates :

केहि समय अघि ३ गोलि लागेका दावा लामा अस्पतालको शैया बाटै दिए यस्तो जाहेरी,अब प्रहरीले के गर्ला ?

SHARE THIS POST :
काठमाडौं । काठमाडौंको गौरीघाटमा दावा लामा उर्फ (जितेन्द्र मान तामाङ ) माथि केहि दिनअघि गोली प्रहार भयो । गोली प्रहारबाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै अस्पतालमा नै छन् । उनको कम्मरमा दुइ गोली लागेको परिवार स्रोतले बताएको छ ।

बिहान ९ बजेर २० मिनेटमा गोली प्रहार भयो । गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो ।

फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो ।




‘मैले नै गोली हानेको हुँ’, फोन गर्नेको प्रहरीसँग दावी थियो । तर, गोली कसले र किन चलायो भन्ने प्रश्नमा प्रहरीसँग चित्त बुझ्दो उत्तर छैन् ।

काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिँदै आफूलाई फोन आएको स्वीकार गरे । तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन् । यति मात्र भने ‘अनुसन्धान जारी छ’ ।

यता गोली प्रहारबाट सख्त घाइते बनेका दावा लामाले अस्पतालको शैयाबाट नै दोषी विरुद्ध कारवाहीको माग गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दरखास्त गरेको बताईएको छ ।

उनले दिएको जाहेरीमा राजन श्रेष्ठ र राम गिरीले आफूलाई ज्यान मार्ने नियतले गोली प्रहार गरेको आरोप लगाएका छन् । राम गिरी दरबारमार्गमा रहेको ‘डेभाजु’ डिस्कोका संचालक हुन् । आफुू विरुद्ध झुट्टा मुद्दा लगाउँदै आएका गिरीले नै ज्यान मार्ने नियतले गोली चलाउन लगाएको लामाको आरोप छ ।

कहिलेकाहिँ भेटघाट हुँदा कुनियतले हेर्ने धक्का दिने र आफ्नो दैनिक क्रियाकलापको समेत निगरानी राख्ने गिरीले नै हत्याको प्रयास गरेको लामाले जिकिर गरेका छन्|


SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger