Latest Updates :

चन्दा नदिँदा यातायात कार्यालय तोडफोड गर्ने नेविसंघ सह–महामन्त्रीसहित दुई पक्राउ

SHARE THIS POST :

लहान, १० बैशाख । सगरमाथा अञ्चल यातायत कार्यालय लहानमा शुक्रबार राति तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका सह–महामन्त्री परमेश्वर साह सहित दुई जना पक्राउ परेका छन् । यातायात कार्यालय लहानले आफूलाई चन्दा नदिएको झोकमा शुक्रबार राति ११ बजे कार्यालयको ढोका तोडफोड गरेका थिए ।

 कार्यालयमा तोडफोड भएपछि राति प्रहरीले नेपाल विद्यार्थी संघका सह–महामन्त्री लहान नगरपालिका वडा नम्बर १ बस्ने परमेश्वर साह र वडा नम्बर २० बस्ने संजिव ठाकुरलाई पक्राउ गरी नियन्त्रणमा लिएका थिए । दुवै जनालाई शनिवार विहान यातायात कार्यालयको सहमतिमा छाडिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए । उनका अनुसार प्रहरीले कार्वाहीका लागि तयारी गरेका थिए यातायात कार्यालयले मिल्ने सहमति गरेपछि दुवैजनालाई छाडिएको हो ।

 कार्यालय समयमा यातायत कार्यालयको सफट्वेयर इन्टरनेटको सरभर डाउन हुने भएकाले कर्मचारीहरु राति काम गरिरहेको बेला साह लगायतकाले कार्यालयको ढोका तोडेर कर्मचारीलाई धम्क्याएको कार्यालयका निमित्त प्रमुख इन्जिनियर राजकुमार गुप्ताले बताए । यातायात कार्यालय स्रोतका अनुसार नेविसंघका सह–महामन्त्रि साहले कार्यालय संग पटक–पटक चन्दा माग गर्दै धम्क्याउने गरेको छ । यसैबिच, नेविसंघको नाममा साहले लहानका कार्यालयहरुमा चन्दा आतंक मच्चाएको र शुक्रबार राति पक्राउ परेपछि उनलाई नेविसंघले कार्वाहीको तयारी गरेको निविसंघ स्रोतबाट बुझिएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger