Latest Updates :

बाहुबली २ ले कमायो २ सय १ करोड

SHARE THIS POST :
एजेन्सी, १६ बैशाख । दर्शकले निकै प्रतिक्षा गरेको बाहुबली २ रिलिज भएको शनिवार दुई दिन भएको छ । यस फिल्म आउनु अगाडि जति चर्चा थियो, फिल्म रिलिज भएर पनि विभिन्न रेकर्ड राख्दै बक्स अफिसमा धमाका मच्चाईरहेको छ ।

यो फिल्म रिलिज पुर्व नै दर्शकले गरेको प्रि बुकिङ्ग बाटै पनि यसको आम्दानीको अन्दाज गर्न सकिन्छ की यसले कति कमाउला भनेर । रिलिजको पहिलो दिन नै बाहुबली २ ले २ सय १ करोड भारतीय रुपैँया ग्रस कलेक्सन गरेको छ ।
बाहुबली २ ले भारतमा मात्रे १ सय ४५ करोड त पहिलो दिन नै कमायो । अमेरिकाको ३३ करोड, खाडी मुलुक ११ करोड, बाँकी अन्य देशबाट १२ करोड कमाएको हो ।

बाहुबलीले हिन्दी मार्केटबाट ३८ करोड संकलन गरेको थियो । आन्ध्र प्रदेशमा ५५ करोड, तमिलनाडुमा १५ करोड, कर्नाटकमा १२ करोड, केरलामा ९ करोड बाहुबली २ को ग्रस कलेक्सन हो ।

व्यापार विषेशज्ञ तरण आदर्शले ट्वीट गर्दै भनेका छन्–‘फिल्म तारिफ योग्य छ । यसले बक्स अफिसमा धमाका मच्चाईरहेको छ । यसले भारतमा रिलिज भएका फिल्म मध्ये पहिलो दिन सबै भन्दा बढि कमाउनेको रेकर्ड कायम गरेको छ ।’

उनले ३ दिनमा बाहुबली २ को ग्रस कलेक्सन ५ सय करोड पुग्ने विश्लेषण गरेका छन् । एक हप्तामा यसको कमाईले सबैलाई चकित बनाउने उनको विश्लेषण छ ।

बाहुबली २ एकैपटक ९ हजार स्क्रीनमा एकैपटक रिलिज हुने पहिलो बलिउड फिल्म बनेको छ । अमेरिकामा मात्र ८ सय स्क्रीनमा एकैपटक रिरिलज भएको थियो ।

यसले टिकट बिक्रीमा पनि रेकर्ड राखेको छ । यो फिल्मको एउटा टिकट २४ सय भारतीय रुपैँयामा बिक्री भएको थियो ।
यसले अग्रिम बुकिङ्गमा पनि रेकर्ड राखेको छ ।

यसले अग्रिम बुकिङ्गबाट १ सय ३० करोड संकलन गरेको थियो । यसको १० लाख टिकट अग्रिम बुकिङ्ग भएको थियो, जुन आमिर खानको ‘दंगल’ फिल्मको भन्दा बढि हो ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger