Latest Updates :

आलियाका लागि पर्फेक्ट प्रेमी हुन् सिद्धार्थ

SHARE THIS POST :
अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राले प्रेम त स्विकार गरेका छैनन् । तर, हरेक ठाउँमा एकसाथ देखिदा यी दुइले इशारामै आफ्नो प्रेमलाई व्यक्त गरिरहेको प्रष्ट हुन्छ ।

केही दिन अगाडि अभिनेताले आलियालाई निर्माता करण जोहरको घरबाट आफ्नै गाडीमा लिएर गएको तस्बिर चर्चित बनेको थियो । अब, सिद्धार्थ आलियाका लागि एउटा पर्फेक्ट प्रेमी र बडिगार्ड हुन् भन्ने पुष्टी भएको छ ।

हलिउडबाट फर्किएपछि अभिनेत्री प्रियंका चोपडाले आफ्नै घरमा डिनरको आयोजना गरिन् । उनले आयोजना गरेको डिनरमा करण जोहरदेखि अभिनेता अर्जुन कपुरसम्म पुगेका थिए ।

तर, धेरैको ध्यान भने अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्टतर्फ खिचियो । आफूले नै कार चलाएर सिद्धार्थले आलियालाई पार्टीमा लिएर गएका थिए । साथमा, यी दुई एकसाथ फर्किएपनि ।

तस्बिर हेर्दा पनि आलियाका लागि सिद्धार्थ एउटा पर्फेक्ट प्रेमी हुन् भन्ने देखिएको छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger